सुरुका २–३ दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी छ। त्यसपछिका २–३ दिन पहाडी भेगका धेरै ठाउँमा हल्का वर्षा हुन सक्छ। एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना ।

काठमाडौं १५ अशोज ।
त्रिभुवन विश्व विद्यालय, जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले
एकसातासम्म हल्का वर्षाको सम्भावना औल्याएका छन् ।पोखरेलले आज बिहिबार विहान अर्थात अक्टुवर १ देखि ७ सम्म मुलुकका विभिन्न स्थानमा वर्षा हुने जानकारी दिएका छन् , तस्बिरसहित ।
पोखरेलका अनुसार आजदेखि करिब एक हप्तासम्म हल्का वर्षाको सम्भावना छ। उनले भनेका छन् ‘ तर देशभर एकैपटक वा हरेक दिन सबै ठाउँमा पानी पर्ने होइन। सुरुका २–३ दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी छ। त्यसपछिका २–३ दिन पहाडी भेगका धेरै ठाउँमा हल्का वर्षा हुन सक्छ। एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना पनि छ।’
आफूले तयार गरेका नक्साहरुबारे उनले भनेका छन् ‘ यो ४ वटा मौसम मोडेलको औसतमा आधारित दैनिक वर्षा पूर्वानुमान हो। नक्सामा नीलो देखिएको क्षेत्रमा वर्षाको सम्भावना कम छ । पहेँलो र रातो देखिएको क्षेत्रमा तुलनात्मक रूपमा बढी छ। आफ्नो जिल्ला र दिनअनुसार नक्सा हेर्नुहोला।

सामाजिक संञ्जालमा विनोदले लेखेका छन् :
आजको ताजा पूर्वानुमान आएको छ। फेरि पनि स्पष्ट पारौँ—ठूलो वर्षाको सम्भावना छैन। यो जानकारी तर्साउनका लागि नभई विशेषगरी किसानलाई धान काट्ने उपयुक्त दिन छान्न सहयोग पुगोस् भन्ने उद्देश्यले राखिएको हो।
आजदेखि करिब एक हप्तासम्म हल्का वर्षाको सम्भावना छ। तर देशभर एकैपटक वा हरेक दिन सबै ठाउँमा पानी पर्ने होइन। सुरुका २–३ दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी छ। त्यसपछिका २–३ दिन पहाडी भेगका धेरै ठाउँमा हल्का वर्षा हुन सक्छ। एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना पनि छ।
किसानले धान काट्नै रोक्नुपर्ने अवस्था छैन। आफ्नो जिल्लामा कुन दिन वर्षाको सम्भावना बढी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन सक्नुहुन्छ।
यो ४ वटा मौसम मोडेलको औसतमा आधारित दैनिक वर्षा पूर्वानुमान हो। नक्सामा नीलो देखिएको क्षेत्रमा वर्षाको सम्भावना कम छ भने पहेँलो र रातो देखिएको क्षेत्रमा तुलनात्मक रूपमा बढी छ। आफ्नो जिल्ला र दिनअनुसार नक्सा हेर्नुहोला।
यता मौसम विज्ञान विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
विभागका अनुसार आज देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने साथै देशको तराई भू(भागमा आंशिक बादल लाग्नेछ। ‘कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ’ विभागले भनेको छ ।