इटहरीमा साताव्यापी युवा केन्द्रीत सीप तथा रोजगार मेला प्रारम्भ
काठमाडौं, १४ अशोज ।
युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार उद्घाटनको औपचारिक कार्यक्रम सम्पन्न भएपछि आज ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना(परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत ९ट्रेड० क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्।
मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमीस् सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ।
मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।

