काठमाडौं, १४ अशोज ।

हाल मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज दिउँसो मुलकभर आंशिक बादल लाग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाउँदै देशभर आंशिक बादल लाग्ने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।