प्रधानमन्त्री भारतीय राजदूतबीच बिदाइ भेटघाट
काठमाडौं, १३ अशोज ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा प्रधानमन्त्रीज्यूले यस्तो धारणा राखेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुहुँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरेका छन्।
सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

