विभागले आज मुलुकभर आंशिक बादल लाग्ने आँकलन गरेको छ ।
काठमाडौं, १२ अशोज ।

चारदिन लगातार पानी परेर मुलुकका विभिन्न भागमा मानवीय र भौतिक क्षति पु¥याएको वर्षा गराउने प्रमाणी कमजोर बनेका छ र आजदेखि मौसममा सुधार आएको छ ।

जल तथा मौसम विज्ञान विभागले हालको अवस्थाको विश्लेषण गर्दे भनेका छ ‘Meteorological Analysis: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र (Well Marked Low Pressure Area) को समेत प्रभाव रहेको छ।’

विभागले आज मुलुकभर आंशिक बादल लाग्ने आँकलन गरेको छ । विभागले भनेको छ ‘देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको  छ । सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।