चार दिनदेखिको वर्षा आजबाट बल्ल सकिँदै छ।अझै दिउँसोसम्म केही स्थानमा वर्षा हुने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ—मौसमविद पोखरेल ।

काठमाडौं, ११ अशोज ।

पूर्वबाट पश्चिम सर्दे गएको पानी पर्ने प्रणाली कमजोर बन्दै गएको पछिल्ला मौसम विवरणले संकेत गरेका छन् । शनिबार दिनरात गण्डकी र लुम्बिनीका क्षेत्रमा भारी वर्षा गराएको प्रणाली पछिल्लो समय सुदुरपश्चिममा सक्रिय रहेको छ । विभागका अनुसार देश हाल मनसुनी वायु, पश्चिमी वायु, साथै भारतको उत्तर प्रदेश वरिपरि अवस्थित मनसुनी न्यून चापीय रेखा हाल पश्चिमी क्षेत्रमा यसको सामान्य स्थिति वरिपरि र पूर्वी क्षेत्रमा यसको सामान्य स्थितिको दक्षिणमा अवस्थित छ। देश हाल मनसुनी वायु, पश्चिमी वायु, साथै भारतको उत्तर प्रदेश वरिपरि स्पष्टसँग देखिएको न्यून चापीय क्षेत्रको प्रभावमा छ।
मौसम विज्ञान विभागले आइतबारको मौसमबारे भनेको छ ‘गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।’

मौसमविद विनोद पोखरेलले आइतवार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ‘चार दिनदेखिको वर्षा आजबाट बल्ल सकिँदै छ।अझै दिउँसोसम्म केही स्थानमा वर्षा हुने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ।’
पोखरेलले भनेका छन् ‘सबै निकायको सक्रियता र समन्वय तथा भारी वर्षाको सूचना समयमै सबैसम्म पुगेकाले ठूलो दुर्घटना हुन पाएन । साथै, जनधनको क्षति पनि कम गर्न सकिएको जस्तो लाग्छ।’

विभागको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टामा सबै भन्दा धेरै पानी चितवन जिल्लाको मादि कल्यानपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर परेको छ। विभागले मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी देखि धेरै भारी वर्षा भएको, कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ ।

आज दिउँसोको मौसमबारे विभाग : 


गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भू(भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा,लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ्रलुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।