आइतबार अपराह्नसम्म गण्डकी,लुम्बिनी, सुदुरपश्चिम भारी वर्षाको सम्भावना मौसमविदहरुले औल्याएका छन् । मलुकभरको मौसममा सोमबारदेखि सुधार हुँदै, मंगलबारदेखि सामान्य अवस्था  संकेत गरेका छन्  मौसम विभागका ५ वटा तस्बिरले ।

काठमाडौं, १० अशोज ।

वर्षा गराउने मौसमी प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ केन्द्रीत विस्तारै सुधार उन्मुख रहेको मौसम विज्ञान विभागको पछिल्ला विवरणले बताएका छन् ।
देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागले भनेको छ ‘ भारतको उत्तर छत्तीसगढ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली Deprssion  उत्तर -उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यून चापीय क्षेत्र Well Marked Low Pressure मा परिणत हुने सम्भावना रहेको छ।’

विभागले आज अपराह्न जारी गरेको विवरणमा शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको भूभागमा र आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशमा पानी सहित हावाहुरीको समेत सम्भावना छ । विभागले आवश्यक सतर्कता अपनाउनुहुन भनेको।

विभागले देशभर अधिकांश बादल लाग्ने भनेको छ। ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ’ मौसमी विवरणमा उल्लेख छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना औंल्याइएको छ । ‘गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ  । मधेश प्रदेश तथा बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ’ विवरणमा भनिएको छ ।

आज राती
बागमती, गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी तथा मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

‘वर्षाले केही आराम गरेको मात्र हो है’

त्रिुभवन विश्वविद्यालय, मौसम तथा जलवायू विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेले शनिबार वर्षा अझै टरिनसकेको संकेत गरेका छन् ।
पोखरेलले लेखेका छन् :
वर्षाले केही समय आराम गरेको मात्र हो है—विशेषगरी काठमाडौं उपत्यका र आसपासमा।
गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी छ। दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ। काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्छ। भोलि भने सूर्यनारायणको दर्शन पाइएला कुनै समय नेपालको धेरै ठाउँमा समय अझै अनिश्चित !
भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी देखिन्छ। मुख्य जोखिम सुदूरपश्चिमदेखि गण्डकीसम्म तथा बागमतीका केही दक्षिणी जिल्लामा छ।
पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै २४० मिमि वर्षा मापन भयो। गण्डकीदेखि पश्चिम नेपालका धेरै स्थानमा १५० मिमिभन्दा बढी वर्षा भएको छ।
अहिले पनि गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। सतर्क रहनुहोला।

भोलीदेखि मौसममा कस्तो सुधार होला ?

कहिलेसम्ममा मेचीकालीमा सफा मौसम हुने हो ?मौसम विज्ञान विभागले ५ दिनको मौसमी अवस्थालाई तस्बिरमा उतारेको छ ।
१० अशोज अर्थात सेप्टेम्बर २६ः


तस्बिरले पूर्वी नेपाल तराई, पहाडमा बादल लाग्ने सामान्य अवस्था देखाइएको छ । सगरमाथा, जनकपुरका पहाडी हिमाली भूभागमा हिमपात, वर्षाको स्थिति छ । गण्डकी प्रदेश र आसपास मध्यम वर्षा, भारी वर्षा र हावाहुरी, चट्टयाङ्गको सम्भावना औल्याएको छ । शनिबार अपराह्नदेखि रातभरी गण्डकी र लुम्बनीको केही क्षेत्र उच्च सतर्कता अपनाउनुपर्ने अवस्थामा छन् ।
लुम्बिनी, कर्णाली र सदुरपश्चिमको अवस्था सर्तक हुने स्थितिमा रहेको नक्सामा औल्याइएको छ ।
अशोज ११, २७ सेप्टेम्बर : 


आइतबारको नक्सामा विभागले मुलकलाई तिनभागमा बाँडेर तिनखाले रङ्ग पोतेको छ । पूर्वी नेपालमा हरियो रङ्ग कुनै खतराविहीन सामान्य स्थिति औंल्याइएको छ । मध्य नेपाल राजधानी काठमाडौं उपत्यकासहितका क्षेत्रमा पहेलो रङ्ग पोतिएको छ । यस क्षेत्रमा मध्यमसम्मको वर्षा हुने अध्यावधिक स्थिति छ ।
पश्चिम,मध्यपश्चिम र सुदुरपश्चिममा मध्यम,भारी वर्षा हुने पहाडी हिमाली क्षेत्रमा हिमपातको संभावना औल्याउँदै प्रतिकार्यमा तत्पर हुनुपर्ने भनिएको छ ।
१२ अशोज—२८ सेप्टेम्बर :

सोमबारदेखि मौसममा उल्लेख्य सुधार भएर मेचीकालीसम्म कुनै खतराविहीन स्थिति रहने हरियो रङ्ग पोतिएको छ । बादल लाग्ने, कतै कतै सामान्य वर्षाको स्थिति देखिन्छ ।

 

 

१३ अशोज २९ सेप्टेम्बर :

मंगलबारदेखि तराई मधेशमा घाम लाग्ने, मौसममा सुधार हुन थाल्ने देखिन्छ । सो दिन पनि पहाडी, हिमाली क्षेत्रमा कतै वर्षा र बादलको अवस्था औल्याएको छ । मंगलबार मेचीकाली पुरै नेपालमा कुनै मौसमी खतराविहीन अवस्था औल्याउँदै हरियो रङ्ग पोतिएको छ ।
१४ गते ३० सेप्टेम्बर :

बुधबार तराई मधेशमा घाम लागेर पृुरै खुल्ने पहाड, हिमालमा बादल, केही स्थानमा हल्का वर्षाको संभावना छ । बुधबार राजधानी काठमाडौ उपत्यकामा हल्का वर्षाको सम्भावना देखाइएको छ ।