बागमती, मधेश, गण्डकी र लुम्बिनीमा दिनभर हल्कादेखि मध्यम वर्षा
मुख्य राजमार्ग प्रभावित भएका छन् । राजधानी जोडने पृथ्वी र विपी राजमार्ग बाढी पहिरोका कारण ठप्प छन् । कृष्णभिरमा गएको पहिरोले राजधानीसँगको मुख्य लाइफलाइन केही दिन ठप्प हुने देखिन्छ ।
काठमाडौं, ९ अशोज ।
बंगालको खाँडीबाट सुरु भएको न्यूनचापीय प्रणाली समुन्द्रबाट जमिनमा प्रवेश गर्दे नेपाली भूगाग आइपुगेको छ र बिहिवारदेखी मुलकभर लगातार जसो वर्षा भैरहेको छ । मौसमविदहरुले शुक्रबार मुलुकभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औल्याएका छन् ।
मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबै भन्दा धेरै बर्षा गण्डकीको अर्चलेमा भएको छ । त्यहाँ १०३ मिलिलिटर वर्षा भएको छ भने पूर्वी पहाड इलाम आसपास ६० मिलि हाराहारी पानी परेको छ ।
काठमाडौ उपत्यकामा ५०—६० मिलि पानी परेको छ । लुम्बिनी, सदुरपश्चिका तराई क्षेत्रमा करिव ८० मिलि पानी परेको छ ।
लगातारको वर्षाले मुख्य राजमार्गहरु प्रभावित भएका छन् । पृथ्वीराजमार्गको कृष्णभिरमा पुरै सडक पहिरोमा परेपछि यातायात बन्द छ । विपी राजमार्गको रोशीखोलामा बाढी बढेर खतराको संकेत पार गरेको छ ।
मौसम विज्ञान विभागले कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको जनाएको छ । विभागले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहने बताएको छ ।
मौसमविद विनोद पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘अहिलेसम्म मौसमले केही साथ दिएको छ। लगातार वर्षा र विभिन्न स्थानमा पहिरो गए पनि ठूलो मानवीय क्षतिको खबर छैन। कोशीमा हल्का वर्षा जारी छ, तर आज साँझदेखि कम हुने देखिन्छ। भारी वर्षाको सम्भावना अब बागमतीका केही जिल्लादेखि सुदूरपश्चिमतर्फ सरेको छ। काठमाडौंमा अहिले केही ठूलो पानी परिरहेको छ, तर दिउँसोदेखि अति भारी वर्षाको सम्भावना न्यून छ ।’
मौसमविद उज्वल उपाध्यायले बिहान ७ बजेको पोष्टमा भनेका छन् : असोज ९ शुक्रबार बिहानको ७ बजे यो पोष्ट गर्दैगर्दा केहि चमत्कारको आश गरिएपनि यथार्थ भने उस्तै छ । हिजो(अस्ती पुर्वानुमान गरेझैँ वर्षा आज थप तिब्र र लगातर हुने देखिन्छ त्योपनि खासगरी बागमती, मधेश्, गण्डकी र लुम्बिनीमा ।
कर्णाली र कोशीमा हल्कादेखी मध्यमवर्षा आज पनि यथावत नै छ । अब साना(ठुलानदीमा बाढी, भिरालो भू(भागमा पहिरो(लेदोको जोखिम र घटना तिब्रहुने देखिन्छ । आजदिउँसो खासगरी १० बजे पछी बारा(पर्सा सहित काठमाडौं उपत्यका(मकवानपुर(चितवन(काभ्रेमा वर्षा थप तिब्रहुने सम्भावना छ । लुम्बिनीको नवलपरासीदेखी बर्दियासम्मा र गण्डकीको करिब सबै भू(भागमापनि वर्षा तिब्र हुनेछ । आज विद्यालय बिदागर्ने सरकारको निर्णय स्वागत योग्य छ । सुरक्षित रहनुस् ।
कृष्णभिरको पहिरो, इन्जिनीयर अशोक देवकोटाको पोष्टबाट ।

