राजस्व संकलन अघिल्लो वर्षको तुलनामा १५ प्रशितले वृद्धि, अर्थमन्त्री वाग्ले उत्साही
काठमाडौं, ८ अशोज ।
अर्थमन्त्री एंव कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले राजस्व संकलन दर सकारात्मक दिशामा उन्मुख रहेको जानकारीसहित अशोज ७ सम्मको तथ्य सार्वजनिक गरेका छन् ।

वाग्लेको सचिवालयले २०८३ अशोज ७ गतेसम्मको राजस्व संकलन विवरण सामाजिक सञ्जालमा तथ्याङ्ग प्रकाशीत गरेको छ । अशोज महिनासम्ममा लक्ष्यको ६१ दशमलव ९ प्रतिशत राजस्व संकलन भएको उल्लेख छ ।
सामाजिक सञ्जालमा अशोज महिनासम्मको लक्ष्य ३ खर्ब ३० अर्ब २२ करोड रहेकोमा अशोज ७ सम्ममा २ खर्ब २ अर्ब ७२ करोड संकलन भएको जनाइएको छ । संकलनको हिसावले अशोजसम्ममा लक्ष्यको ६१ प्रतिशत बढी हो । अशोज ७ गते एकै दिन ४ अर्ब ३४ करोड राजस्व संकलन भएको विवरणमा उल्लेख छ ।
वाग्लेले अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढीले राजस्व संकलन भएको बताएका छन् । अघिल्लो वर्ष अशोज ७ सम्म १ खर्ब ७५ अर्ब ६३ करोड संकलन भएको थियो ।
वार्षिक १५ खर्ब ८० अर्ब ३२ करोड राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।

