न्युनचापीय प्रणाली भर्खरै भारतीय पुर्वी समुद्रीतटमा आइपुग्दा अवस्था यस्तो छ भने अपरान्हदेखी अझै नेपालको नजिकै आउँदै गर्दा अझ के होला ? भोलीदेखी विशेष सतर्कता आवश्यक ।

काठमाडौं, ८ अशोज ।

पछिल्लो मौसमी विवरण अनुसार, बंगालको खाडीमा विससित न्यनचापीय क्षेत्र जसले वर्षा गराउँछ, त्यो बुधबार मध्यरातदेखी भारतको पूर्वी समुन्द्रितटबाट जमिनमा प्रवेश गरेको छ ।
मौसमविदहरुले बुधबार रातीदेखिनै मुलुकका विभिन्न स्थानमा मध्यम र बेलाबेलामा भारी वर्षा भएको जनाएका छन् ।
न्यूनचापीय प्रणाली नेपालसम्म आएपछि मुलकुभर विशेष गरेर शुक्रबारदेखि आइतवारसम्म गण्डकी, लुम्बिनीमा अधिक वर्षा हुने सम्भावना औंल्याइएको छ ।
मौसमविद उज्वल उपाध्यायले बिहिबार विहान सामाजिक सञ्जालमा लेखेका छन् ‘ असोज ८ गते, बिहिबार, बिहान ७ बजे, यो पोष्ट गर्दैगर्दा काठमाडौंलगायत मुलुकको पुर्वी, मध्य र मध्यपश्चिमको धेरै स्थानमा झरी शुरु भैसकेको छ । न्युनचापीय प्रणाली भर्खरै भारतीय पुर्वी समुद्रीतटमा आइपुग्दा अवस्था यस्तो छ भने अपरान्हदेखी अझै नेपालको नजिकै आउँदै गर्दा अझ के होला ?’

राजमार्गमा पहिरो र उच्चहिमालीक्षेत्रमा हिमपहिरो खस्न थालिसकेको अवस्था छ । आज बिहिबार अलि सामान्यवर्षा होला ९यद्यपी केहि स्थानमा भारीवर्षा पनि छ० भने आजराती देखी झरीको तिब्रता, हावाहुरी र गड्याङ्गुडुङ चट्याङ सहित बढ्दैजाने देखिन्छ’ उपाध्यायले लेखेका छन् ‘ लामोदूरीको यात्रा आईतबार ९११ गते० सम्मको लागी स्थगन गरौँ । सुरक्षित रहौँ । आज कुनैबेला एक्छिन मौसम खुलेजस्तो पनि हुनसक्छ तर त्यो अस्थाई हुन्छ । केहिबेरमै ठुलोवर्षाको सम्भावना हुन्छ । भोलीदेखी विशेष सतर्कता आवश्यक पर्ला ।’

त्रिभुवन विश्वविद्यालय, मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधबार रातीदेखिनै भारी वर्षा भइरहेको छ जनाएका छन् । उनले भनेका छन् ‘पूर्वी नेपालमा पनि राति भारी वर्षाको सम्भावना छ, तर लामो समयसम्म लगातार भारी वर्षा हुने देखिँदैन हल्कादेखि मध्यम र बेलाबेलामा भारी वर्षाको क्रम पर्सिसम्म जारी रहन सक्छ। हालको पूर्वानुमानअनुसार जोखिम अत्यधिक देखिएको छैन, तर सतर्क रहनुहोला।’
मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । ‘ बङ्गालको खाडीको न्यून चापीय क्षेत्र (Depression) हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र (Deep Depression) को रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ ’ विभागले भनेको छ ।

विभागले कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने जनाएको छ । ‘कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ’ मौसम विभागले भनेको छ ‘ मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू(भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र कोशी र बागमती प्रदेशको पहाडी भू(भाग एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।’