प्राइम कमर्सियल बैंकको १९ औं वार्षिक उत्सव : केन्द्र र प्रदेश कार्यालयहरुमा रक्तदान
काठमाडौं, ७ अशोज ।
प्राइम कमर्सियल बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट रक्तदान गरेको छ । बैकले केन्द्र र प्रदेश गरी ७ ठाउँबाट ५ सय २२ जनाले रक्तदान गरेका छन् ।
केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिदै, मानवजीवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे । मानन्धरले आगामि दिनमा पनि संस्थाले यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता व्यक्त गरे ।

