सूर्यविनायक कांग्रेस : सभापतिमा विशु भर्सेज सुमन
विशु राम, विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका क्रियाशील जुझारु युवा नेता हुन् । सुमन दघिकोट कांग्रेसको इकाई समिति सभापति हुँदै पार्टी राजनीतिमा क्रियाशील जुझारु युवा नेता हुन् ।
सूर्यविनायक (भक्तपुर), ७ अशोज ।

भक्तपुर राधेराधे चोकबाट पश्चिम भाटभटेनी तर्फ लाग्दै गर्दा दुईतिर बाटा छन् । पूर्वतर्फको बाटो जाँदा कांग्रेसजन भेटिन्छन्, पश्चिमतर्फ लाग्दा पनि कांग्रेसजनकै अनुहार भेटिन्छ । दुबै कांग्रेस यतिखेर चुनावी प्रतिस्पर्धामा छन्, दुई कित्ताबाट आपसी प्रतिस्पर्धा गर्देछन् ।
नेपाली कांग्रेस १५ औं अधिवेशनमा जुटेको छ । वडा अधिवेशन सम्पन्न गरेर स्थानीयतहको अधिवेशनमा जुटेको कांग्रेसले बिहिबार सूर्यविनायक नगर कार्य समितिको अधिवेशन गर्देछ । अधिवेशनबाट कार्यसमिति चयन हुने छ । को को आउँने हुन नगर कार्य समितिमा ? सभवत निर्वाचनबाट परिणाम घोषणा हुने छ ।
पूर्वतर्फको ग्यालेक्सी ब्याङ्गक्वेटमा आयोजित कार्यक्रमबाट सुमन न्यौपाने नेतृत्वको टिम घोषणा गरियो । उता पश्चिमतर्फको थाई रोयल हस्पिटालिटीबाट विश्व राम थापाको नेतृत्वमा टिम घोषणा भएको छ । करिव एकै सयम दुबै तर्फ उमेदवारी घोषणाका कार्यक्रम आयोजना गरिएका थिए । प्रतिस्पधी दुई राजनीतिक दलहरु निर्वाचन आयोगमा उमेदवारी दर्ता गर्न जानु अघिको अवस्था जस्तै स्थिति देखियो राधेराधेमा कांग्रेसजनको ।
प्रजातन्त्र सेनानी वयोवृद्ध कमलनाथ आचार्यको आशिर्वाद लिदै न्यौपानेको टिम घोषणा गरियो । न्यौपानेको टिमबाट उपसभापतिमा कान्छिमाया श्रेष्ठ र मनोज महत उमेदवार बन्ने छन् । सचिवमा सरोज ठकुरी उम्मेदवार बन्ने छन् । सहसचिवमा विनय नगरकोटीले उमेदवारी दिने तयारीमा छन् । त्यस्तै सदस्यहरु जो वडाबाट दुईजनाको हिसावले निर्वाचित हुन्छन्, उनीहरुको भने पूर्ण लिस्ट बनिसकेको देखिएन ।
सदस्यहरुमा मञ्जु थापा, सुनिल थापा, सोविता देवकोटा, लक्ष्मण गुप्ता, लक्ष्मी खड्का, हरी खका, नानी मैया , रामकुमार तितजु, तारा रम्तेल, मदन तपपाई, गिता थापा, हिराकाजी श्रेष्ठ, विमला अधिकारी, गोपाल तामाङ्ग, गौतम खत्री र प्रथम अधिकारीको नाम घोषणा गरियो
अहिलेसम्म नगर सचिवको जिम्मेवारीमा रहेका विश्वराम थापाले सदस्यहरुको नाम घोषणा गर्दा कतिपय कार्यक्रममा आइपुगेका थिएनन् ।
यता, पश्चिमतर्फको रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा विशु राम थापाको नेतृत्वमा अर्को टिम घोषणा गरिएको छ । भक्तपुर कांग्रेसका नेताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमबीच उपसभापतिमा दीपा न्यौपाने र राजाराम खत्री उमेदवार बन्ने निर्णय गरिएको छ । सचिवमा चिरञ्जिवि राउत उमेदवार बन्ने छन् भने सहसचिवमा हिरालक्ष्मी कोंजु सुवालको नाम छ ।
यता पनि सदस्यहरु सबैको टुगो लागि नसकेको देखिन्छ । सदस्यहरुको प्रारम्भिक लिस्टमा सजना केसी, शैलेश थापा, रेजिना दुलाल अधिकारी, सुवास पुवा, कृष्ण सुून्दर श्रेष्ठ, बिजेता अधिकारी, लोकबहादुर कार्की, कमला कोइराला, मुनादेवी राजभण्डारी, सविन देउजा, पुजा बराल, श्याम खत्री, निशा पाण्डे, राजेश सिंह देउजाको नाम छ । अन्तिम समयसम्म पनि केही पद र सदस्यहरुको नाम यताउता हुनसक्ने सम्भावना छ ।
दुबै तर्फबाट उमेदवार बनेका पदाधिकारीहरुको लामो राजनीतिक करियर, पारिवारिक विरासत र राजनीतिमा क्रियाशील भएको परिचय कमाएकाहरु छन् । सुमन न्यौपाने, सूर्यविनायक नगर कार्यसमिको निवर्तमान सचिव हुन् । दघिकोट कांग्रेसको इकाई समिति सभापति हुँदै पार्टी राजनीतिमा क्रियाशील न्यौपाने जुझारु युवा नेता हुन् । घोषणासभामा न्यौपानेले नगर समितिलाई अझ सृढृढ बनाएर अगाडि बढ्ने बताए । ‘संगठनलाई मजबुत बनाएर अगाडि बढ्ने छौं । १५ महाधिवेशनमा भदौ २३, २४ को परिस्थिति पछिको पार्टीको अवस्थालाई समेट्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु’ न्यौपानेले भने ‘पार्टी संगठनलाई आगामि निर्वाचनहरुमा विजयी बनाउने गरी संगठनलाई अगाडि बढाउने छौ ।’
पश्चिमतर्फको रोयल थाई हस्पिटालिटीमा विशेष अधिवेशन पक्षधरहरुको बाहुल्य देखिन्थ्यो । विशेष अधिवेशनको विरासत प्राप्त उनीहरु विशेष अधिवेशनलाई ‘विचार समुह’कोरुपमा परिभाषित गरिरहेका छन् । मुख्य चुनावी मुद्धा विशेष अधिवेशनको भावना नमरोस् भन्नेमा उनीहरु देखिन्छन ।
यो टिमका विशु राम, विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका युवा हुन् । पेशाले इन्जिनीयर उनी आफै पनि दुई दशकदेखी कांग्रेसको राजनीतिमा क्रियाशील छन् र उनको कांग्रेस पारिवारिक विरासत पनि बलियो छ ।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा व्यक्तिगत अथवा गुट बनाएर आपसमा प्रतिस्पर्धा हुनुलाई स्वभाविक मानिन्छ । यस्तै परम्पराबाट गुज्रिदै आएको हो कांग्रेस, जसलाई लोकतान्त्रिक अभ्यासको संज्ञा दिने गरिन्छ । तर, यतिखेरको भक्तपुर काग्रेस विशेष अवस्थाबाट गुज्रिरहेको पेचिलो स्थितिमा छ ।
‘रुखको छायाँ र चारतारेको ओत’ छोड्न नसक्नेहरुबीचको चुनावी प्रतिस्पर्धा आफैमा रोचक छ । अहिलेको रापताप साम्य भएपछि मात्र सायद भक्तपुर कांग्रेस भावनात्मकरुपमा एक हुनसक्छ ।
न्यौपानेलाई विशेष अधिवेशनको विरासत प्राप्त छैन । विशेष अधिवेशनको विरासत प्राप्त नगरेका उनीहरु कांग्रेसको पछिल्लो केन्द्रीय नीति अनुसार एक भैसकेको देखिदैन । सानेपाबाट फूकेको एकताको बिगुल सूर्यविनायकसम्म आइपुगेको अनुभव हुदैन । प्राविधिकरुपमा भएको मेलमिलापबाट भावनात्मक एकता निर्माण अझै समय लाग्ने देखिन्छ। ‘रुखको छायाँ र चारतारेको ओत’ छोड्न नसक्नेहरुबीचको चुनावी प्रतिस्पर्धा आफैमा रोचक छ । अहिलेको रापताप साम्य भएपछि मात्र सायद भक्तपुर कांग्रेस भावनात्मकरुपमा एक हुनसक्छ ।
दुबै टिमहरु, फरकफरक टिम बनेर चुनावी प्रतिस्पर्धामा उत्रिनुलाई कतिपय कांग्रेसजनले रुचाएको देखिदैन । विशेष अधिवेशनको पक्ष र विपक्षको नाममा भैरहेको राजनीतिलाई ३ सय ५४को सख्यामा रहेका क्षेत्रिय प्रतिनिधिहरुले करेक्सन गर्नसक्ने संभावना औल्याउँछन् जानकारहरु ।
बेग्लाबेग्लै टिमकोरुपमा नभएर व्यक्तिगत सम्बन्ध, क्रियाशीलता, योग्यताको आधारमा क्षेत्रिय प्रतिनिधिले उमेदवार रोज्ने सम्भावना देखिएको छ । त्यसो हुनसक्यो भने भक्तपुर कांग्रेसको भावनात्मक एकतालाई मलजल प्राप्त हुन् सक्छ ।
भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा जो विशेष अधिवेशनको प्रखर विरोधी हुन् । उनी सभापतिको हैसियतमा हाल चलिरहेको अधिवेशन सम्पन्न गर्न क्रियाशील रहको बताउँछन् । प्राविधिकरुपमा कांग्रेस जिल्ला सभापतिको ‘जिम्मेवारी’ सम्हाली रहेका थापा कांग्रेसमा इतर पक्ष भनिने पूर्व सभापति शेरबहादुर देउवाले आव्हान गरेको अशोज १५ देखि प्रारम्भ हुने महाधिवेशन पनि आफैले सम्पन्न गर्ने मनस्थितिमा छन् । थापाको द्धेध रणनीति र विशेष अधिवेशन पक्षधर जो आफैमा संस्थापक हो केन्द्रीय राजनीतिको आलोकमा त्यहाँ पनि समन्वय गर्ने व्यक्तित्वको अभाव देखिएको छ ।
जिम्मेवार नेताहरुको पद, प्रतिष्ठा र अहंमका कारण पार्टीलाई पुगि रहेको क्षतिलाई आँकलन गर्दे करेक्सन गर्ने जिम्मेवारी कतिपय अवस्थामा दोश्रो, तेश्रोतहका नेता कार्यकर्ताहरुको काँधमा आउँछ ।
सूर्यविनायक नगर समितिको सभापतिका प्रत्याशी सुमन न्यौपाने र उनको टिमका सदस्यहरुलाई थापाको विरासतको विल्ला भिराउन न्यायोचित हुँदैन सायद । तर, बिडम्बना न्यौपाने समुहको टिमको नाम लिस्ट थापा निवास सल्लाघारीबाट तयार भएको जानकार बताउँछन् ।
ग्यालेक्सीको कार्यक्रमका सभापति कमलनाथ आचार्य भन्दै थिए ‘कांग्रेस हुन भनेको इतिहासलाई पछ्याउनु हो।’ उनले नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको चर्चा गर्दे यसो भनिरहेका थिए । यता, रोयल थाइमा सभापतिको भूमिकामा रहेका क्षेत्रिय सभापति भेषराज कार्की भन्दै थिए ‘ नेपाली कांग्रेसको नाममा जितेर कांग्रेसलाई ध्वस्त पार्ने हुनसक्छ, होसियार ।’
जिम्मेवार नेताहरुको पद, प्रतिष्ठा र अहंमका कारण पार्टीलाई पुगि रहेको क्षतिलाई आँकलन गर्दे करेक्सन गर्ने जिम्मेवारी कतिपय अवस्थामा दोश्रो, तेश्रोतहका नेता कार्यकर्ताहरुको काँधमा आउँछ । त्यस्तो अवसर अहिले भक्तपुर कांग्रेसको विशेष गरेर सूर्यविनायक नगर समितिका क्षेत्रिय प्रतिनिधिहरुलाई जुरेको छ ।
ठूलो संख्यामा रहेका क्षेत्रिय प्रतिनिधि संवेदनशील र जिम्मेवार हुन सकेको अवस्थामा गुटको राजनीति अन्त्य भएर भक्तपुर कांग्रेस सङ्लिने, सुध्रिने माहौल बन्नसक्छ ।

