आज मुलुकभर बादल, अपराह्नबाट मध्यम वर्षाको सम्भावना
हिजो बेलुका देखि बंगालको खाडीको न्युनचापिय प्रणालीको असर सुरु भएको छ ।आज अपराह्नबाट हल्का देखि मध्यम खालको वर्षा सुरु हुने सम्भावना। मेघगर्जन/चट्याङ्ग सहित Thunderstorm हुने भएकाले कुनै ठाउँमा भारि बर्षा पनि हुनसक्छ ।
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। न्यून चापीय क्षेत्र (Depression) बङ्गालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै “Deep Depression (बलियो न्युन चापीय क्षेत्र)” को रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।
मौसम विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
त्रिभुवन विश्वविद्यालय, मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार हिजो बेलुका देखि बंगालको खाडीको न्युनचापिय प्रणालीको असर सुरु भएको देखिन्छ ।उनले सामाजिक सञ्जालमा लेखेका छन ‘आज अपरान्हबाट हल्का देखि मध्यम खालको वर्षा सुरु हुने देखिन्छ तर Thunderstorm हुने हुदा कुनै ठाउँमा भारि बर्षा पनि हुनसक्छ।’
तस्बिर : पोखरेलले विभिन्न मोडेलहरुको आधारमा तयार गरेको मोडल ।

