मौसम विज्ञान विभागको पछिल्लो मौसमी विवरण अनुसार, बंगालको खाडीमा विससित न्यनचापीय क्षेत्र जसले वर्षा गराउँछ, त्यो बुधबारदेखिनै सक्रिय हुने । त्यसको असर मुलकुभर हुने र विशेष गरेर शुक्रबारदेखि आइतवारसम्म गण्डकी, लुम्बिनीमा अधिक वर्षा गराउने सम्भावना औंल्याइएको छ ।

काठमाडौं, ६ अशोज ।

मौसम विज्ञान विभागको पछिल्लो मौसमी विवरणमा शुक्रबारदेखि सुरु हुने वर्षाबाट भूक्षय, बाढी पहिरो, ग्रेगान बाढी, डुबान र हिमपातको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन भनेको छ ।
विभागले आउँदो शुक्रबारदेखि आइतबारसम्म विशेष गरेर गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको संभावना आँकलन गर्दे यस्तो सूचना गारी गरेको हो ।

मंगलबार साँझ प्रकाशीत विशेष मौसमी बुटेलिनमा संभावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा ग्रेगान बहाव (म्भ्द्यच्क्ष् ायिध)ल को जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरुममा डुबानको जोखिम रहेको उल्लेख छ । ‘ठूला तथा साना नदी नावाबाट र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजिव, कृषि, स्वास्थ, पर्यटन लगायत नदी क्षेत्र आसपास निर्माणकार्य, सडक, हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन् सर्व साधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ’ विभागले भनेको छ ‘ हाल केही स्थानबाट धानवाली भित्र्याउन मौसम सम्बन्धि जानकारी माग भएकोले सम्बन्धित कृषि विज्ञको सल्लाहमा कार्यक्रम गर्नुहुन अनुरोध गरिन्छ ।’
बुलेटिनमा मौसम प्रणालीको प्रभाव देशको हिमनदी क्षेत्रमा भारीसम्म हिमपात हुनसक्ने भएकोले पर्वतारोहण तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागको पछिल्लो विशेष मौसमी विवरणमा भनिएको छ ‘आगामी अशोज ९ गते शुक्रबारदेखि अशोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्ट्याङ्ग। हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केहीस्थानमा अतिभारी बर्षाको संभावना छ ।’

सहप्राध्यापक विनोद पोखरेले सामाजिक सञ्लालमा कोशी र बागमतीमा असोज ७ गते बेलुका देखि १० गते सम्म, मधेशमा ८ र ९ गते, गण्डकी र लुम्बिनीमा ८ देखि ११ गते सम्म अनि कर्णाली र सुदुरपश्चिममा ९ देखि ११ सम्म वर्षा हुने औंल्याएका छन् ।

बुलेटिनमा देशका अधिकांश स्थानमा मेघजर्गन,चट्ट्याङ्गसहित मध्यमवर्षको संभावना औल्याइएको छ ।
‘उत्तर अन्डरमान सागर आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र Low pressure area हाल वंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ र उत्त प्रणाली थप शक्तिशाली बन्दै Deep depression (बलियो न्यूनचापीय क्षेत्र)भई पश्चिम उत्तर दिशातिर सर्ने देखिन्छ र यसको प्रभाव बुधबारबाटनै कोशी, मधेश, बागमति र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ ’विभागले भनेको छ ।
विभागले प्रकाशीत गरेको मौसम विवरण सम्बन्धि नक्समा हरियो रङ्ग पोतिएको क्षेत्रमा कुनै खतरा छैन भन्ने संकेत दिन्छ भने पहेलो रङ्गले अद्यावधिक रहनुपर्ने अवस्था औल्याउँछ । सुन्तला रङ्गले सतर्क हुने अवस्था दर्शाउँछ भने रातो रङ्गले प्रतिकार्यको स्थिति देखाउँछ । नक्सामा काठमाडौं उपत्यकामा सतर्क हुनुपर्ने स्थिति औल्याएको छ । उच्च पहाडि र हिमाली जिल्लामा प्रतिकार्यको अवस्था संकेत गरिएको छ ।

यता, त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेले सामाजिक सञ्लालमा कोशी र बागमतीमा असोज ७ गते बेलुका देखि १० गते सम्म, मधेशमा ८ र ९ गते, गण्डकी र लुम्बिनीमा ८ देखि ११ गते सम्म अनि कर्णाली र सुदुरपश्चिममा ९ देखि ११ सम्म वर्षा हुने औंल्याएका छन् ।