भोलीदेखि पूर्वी र मध्य नेपालमा वर्षा सुरु हुने, शुक्रबारदेखि गण्डकी, लुम्बिनीमा भारी वर्षाको सम्भावना
मौसम विज्ञान विभागको पछिल्लो मौसमी विवरण अनुसार, बंगालको खाडीमा विससित न्यनचापीय क्षेत्र जसले वर्षा गराउँछ, त्यो बुधबारदेखिनै सक्रिय हुने र शुक्रबारदेखि आइतवारसम्म गण्डकी, लुम्बिनीमा अधिक वर्षा गराउने सम्भावना औंल्याएको छ ।
काठमाडौं, ६ अशोज ।
मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि आइतबारसम्म विशेष गरेर गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्ट्याङ्ग, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको संभावना आँकलन गरेको छ ।
विभागको पछिल्लो विशेष मौसमी विवरणमा भनिएको छ ‘आगामी अशोज ९ गते शुक्रबारदेखि अशोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्ट्याङ्ग। हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केहीस्थानमा अतिभारी वर्षाको संभावना छ ।’
बुलेटिनमा देशका अधिकांश स्थानमा मेघजर्गन, चट्ट्याङ्गसहित मध्यमवर्षको संभावना औल्याइएको छ । ‘उत्तर अन्डरमान सागर आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र low pressure area हाल वंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ र उत्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (बलियो न्यूनचापीय क्षेत्र)भई पश्चिम उत्तर दिशातिर सर्ने देखिन्छ र यसको प्रभाव बुधबारबाटनै कोशी, मधेश, बागमति र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ ’ विभागले भनेको छ ।
यता, त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेले सामाजिक सञ्लालमा लेखेका छन् ’आगामी ८–१२ असोजको भारी वर्षाबारे जल तथा मौसम विज्ञान विभागले औपचारिक सूचना जारी गरेको छ। सबै सजग रहनुहोस्। हिमाली क्षेत्रमा पदयात्रामा हुनुहुन्छ भने सम्भव भएसम्म बिहीबारभित्र फर्कनुहोस्। जाने योजना छ भने विभागको सूचना हेर्नुहोस्। हिमाली भेगमा धेरै हिउँ पर्ने सम्भावना भएकोले जोखिम बढाउन सक्छ।’

