काठमाडौं, ५ अशोज ।

अशोज ३ देखी प्रारम्भ नेपाली कांग्रेसको वडा अधिवेशन चौथो दिनसम्म लम्बिने भएको छ । पार्टीले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सोमबारसम्ममा ६३ जिल्लाको अधिवेशन सम्पन्न भएको जनाइएको छ भने बाँकी जिल्लामा आंशिकरुपमा अधिवेशन सकिएको उल्लेख छ ।
पार्टीका निर्वाचन समितिका सदस्य सचिव राजु विस्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं.६, अछाम (३ वडा वाँकी), नवलपरासी क्षेत्र नं. २, डडेल्धुरा (४ वडा वाँकी), रुपन्देही (३ वडा वाँकी) महोत्तरी (९ वडा वाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं.१, सर्लाही क्षेत्र नं.२ का वडाहरुको अधिवेशन अन्तिम चरणमा रहेका छन भने धादिङ, नुवाकोट तथा आज सम्पन्न हुन वाँकी रहेका वडाहरुको अधिवेशन असोज ६ गते मंगलबार जारी रहने व्यहोरा यसै सूचना मार्फत सरोकारवाला सबैमा जानकारी गराइन्छ ।’

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आज तेस्रोे दिन असोज ५ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ।