हालको आँकलन अनुसार यस प्रणालीको कारणले नेपालमा बर्षा गराउने भएता पनि वर्षाको जोखिमको स्तर र हुनसक्ने संभावित असरबारेमा अहिले यकिन गर्न सकिने अवस्था छैन ।

काठमाडौ,४ अशोज ।
जल तथा मौसम विज्ञान विभागले अण्डमान सागर र आसपासको क्षेत्रबाट विकसिमत भएको न्यूनचापीय प्रणालीले असोज ७ देखी नेपालमा वर्षा गराउने भएपनि जोखिमको स्तर र असरबारे यकिन गर्ने अवस्था नरहेको बताएको छ ।
आज अपराह्न विभागले प्रकाशीत गरेको सूचनामा मौसम तथ्याङ्क,मोडल तथा भूउपग्रहबाट प्राप्त तस्बिर तथ्याङ्क विश्लेषणका आधारमा बंगालको खाडीको पूर्वी भूभाग अर्थात अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम उत्तर सर्दे जाने देखिएको विश्लेषण गरिएको छ ।


‘हालको प्रक्षेपणले उत्त प्रणाली अशोज ७ (Septmber23)को आसपास Depression (न्यून चापीय क्षेत्र)को रुपमा थप बलियो (Intensify) भई दक्षिण ओडिसा —उत्तर आन्द्र प्रदेशको तटिय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ ’ सूचनामा भनिएको छ ‘हालको आँकलन अनुसार यस प्रणालीको कारणले नेपालमा बर्षा गराउने भएता पनि वर्षाको जोखिमको स्तर र हुनसक्ने संभावित असरबारेमा अहिले यकिन गर्न सकिने अवस्था छैन ।’
आधिकारीक जानकारीका विभागले वेभसाइट र सामाजिक सञ्जाल हेर्न भनेको छ । सूचनामा भनिएको छ ‘नेपाल मौसम विज्ञान विभागले उत्त प्रणालीको निरन्तर निगरानी गरिरहेको छ आवश्यकता अनुसार थप सूचना अध्ष्यावधिक गर्दे जाने छ । तसर्थ, मौसम सम्बन्धि आधिकारिक र पछिल्लो मौसम जानकारीका लागि यस विभागको वेभसाइट तथा सामाजिक सञ्जाल हेर्दे गर्नुहुन् अनुरोध छ ।’