बंगालको खाडीमा बिकसित  “अर्नब” नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिन्छ ।

काठमाडौ, ४ अशोज ।

आगामी बिहिबारदेखी मुलकभर भारी वर्षाको संभावना रहेको औल्याउँदै सचेत हुन सुझाएका छन् ।
त्रिभुवन विश्व विद्यालय, केन्द्रीय हाइड्रोलोजि तथा मेटेरोलोजि विभागका सहप्राध्यापक विनोद पोखरेलले हालसम्म प्रकाशीत  बिभिन्न मोडलसहीत भिडियो सन्देश जारी गर्दे भनेका छन् ‘ बिहिबार देखिको बर्षा किन नेपाल तिर आउदै छ त ? भारतको उत्तरपश्चिम  पन्जाब, हरियाणा, राजस्थान र दिल्ली सम्म मनसून सकिएकोले त्यो ठाउँबाट सुख्हा हावा आउदैछ, बंगालको खाडीबाट आउने न्युनचापिय प्रणालीलाइ तेस्ले रोक्ने हुँदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ ।’


पोखरेलले सामाजिक सञ्जालमा बिहिबारदेखी लामो र भारी वर्षाको संभावना औल्याउँदै भनेका छन् ‘ बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहिबारदेखी व्यापक वर्षाको संभानवना बढेको छ । यो प्रणाली चक्रवातको रुपमा विकसित हुने संभावना अहिले निकै कम देखिएको पनि यसको प्रभाव नेपालसम्म आइपुग्नसक्छ ।’
अर्का मौसमजन्य प्रकोप विद उज्वल उपाध्यायले आइतबार सामाजिक संञ्जालमा भनेका छन् ‘अहिलेसम्मको अवस्थामा बंगालको खाडीमा बिकसित  “अर्नब” नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिन्छ ।’

नडराऔँ, न आत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ 
उपाध्यायले लेखेका छन् :
अझै आशावादी छु असोज ८(११ को सम्भावित भीषणवर्षा केहिमत्थर होला कि भनेर !! तर अहिलेसम्मको अवस्थामा बंगालको खाडीमा बिकसित “अर्नब” नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्रायस् सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिन्छ । संयोगवश १० गते नै सबैभन्दा ठुलोजोखिम हुनसक्ने देखिन्छ ।
पोहोर ९२०८२ कात्तिक महिनामा० पनि अति शक्तिशाली मानिएको ूमोन्था चक्रवातूले भारतीय पुर्वी(समुद्रीतटमा भीषणक्षती गरेपनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्युनचापीय प्रणालीमा रुपान्तरण भई अनुमानितभन्दा क्षती धेरैकम भएको सुखद उदाहरण पनि छन । यस्तै केहि चमत्कारको आश छ । लगातार अप्डेट गराईरहने छु ।
नडराऔँ, न आत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ । जय होस ।

हाम्रो राम्रो तयारी होस् : 
त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्रका प्राध्यापक रञ्जनकुमार दाहाालले भनेका छन् :
१. वर्षा हुने बितीकै प्रमुख राजमार्ग सबै बन्द गरौ१ पहिरो जोखिमको क्षेत्रमा सडक का भित्ता निलो त्रिपाल प्लाष्टिक ले छोपौ, कृष्णभिर को काटिएको भित्ता छोपिहालौ१ सडक सफाई लाई डोजरहरु रेडी राखौ१
२. सरकारको पुर्व सुचना जनता सुन्दैनन्१ प्रहरी र स्थानिय तहका सबैले आफ्नो क्षेत्रमा पुर्व सुचना संचारको लागि तयारी हौ ।

विनोद पोखरेलको विभिन्न मोडलमा आधारमा भिडियो विश्लेषण

https://www.facebook.com/reel/1788802562160206