कृष्णभीरमा वैकल्पिक सडक प्रयोगमा, चाडै पूर्ण सञ्लालनमा आउँने
काठमाडौं, २८ भदौं ।
दुई सातादेखी धादिङ्गको कृष्णभीरमा सडक भासिएर पहिरो गएर ठप्प भएको पृथ्वी राजमार्गमा वैकल्पिक बाटो तयार गरेर यातायात सञ्चालनको अभ्यास थालिएको छ । पूर्वाधार विकास मन्त्रालयले आज साँझ वैकल्पिक सडमा ट्रायल गर्दे केही मालवाहक सवारी साधान आवात जावत गरेको भिडियो राखेको छ । मन्त्रालयले सामाजिक संजालमा भनेको छ ‘ पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ, चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।’
मन्त्रालयले चितवन काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको जनाउँदै सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी रहेको बताएको छ ।
भदौ १४ गते कृष्णभिरमा गएको पहिरोले मुग्लिन–काठमाडौ सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरोले सडक नै बगाएपछि यातायात आउजाउ ठप्प भएका थियो ।
भिडियो (श्रोत पूर्वाधार मन्त्रालय)

