काठमाडौं, २५ भदौ ।

रसुवाको भोटेकोशी बाढीले १५ दिन अगाडि पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले ५ दिनरात गरेर तयार गरेको पुल आजदेखि सर्वसाधारण र भोलीदेखि सवारी साधनका लागि खुला गरिने जनाइएको छ ।

​भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।