‘विशेषलाई नेपाली काग्रेसका कार्यकर्ताले प्रत्याएका छैनन् । अहिलेसम्म ३० प्रतिशतले अध्यावधिक गरेका छन् । ७० प्रतिशत हामीसँग छन्’ दुर्लभ थापा ।

काठमाडौं, २४ भदौ।
नेपाली कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको निस्ता दिनुलाई आफूहरुको आधा जित भएको बताएका छन् । भक्तपुर, कांग्रेसले बुधबार ११३ औ बिपि जयन्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे देउवाले सर्वोच्चबाट आफूहरुले न्याय पाउँने विश्वास व्यक्त गरे ।

कांग्रेस विवादमा निर्वाचन आयोगले त्रसित भएर निर्णय गरेको, सर्वोच्चले निर्णय गर्दा निर्वाचन सम्पन्न भैसकेको अर्थ लगाएको बताउँदै देउवाले भने ‘अदालतले पुनरावलोकनको निस्सा दिएपछि हाम्रो आधा भन्दा बढी जित भएको छ ।’
देउवाले पंचायतकालदेखी न्यायालय प्रति विश्वास रहेको विचार राख्दै विशेष अधिवेशन आफ्नो जानकारीमा समेत नभएको बताए । देउवाले भने ‘पार्टी सभापति म छु, मलाई थाहा छैन ।’ कार्यक्रममा प्रमुख अतिथि देउवाले पार्टी विधानमा विशेष अधिवेशनको प्रावधान भएको चर्चा गर्दे अधिवेशनमा भाग लिनेहरुको खनाखत हुनुपर्ने, कसकसले भाग लिएको त्यो स्पष्ट हुनुपर्ने बताए ।
‘ पुनरावलोकनमा पार्टी हामीले पाउँने कोसिस भैरहेको छ । मलाई विश्वास छ , अदालतले न्याय दिन्छ’ देउवाले भने ‘जसले जतिसुकै गरेपनि, अदालतले चार तारे झण्डा र रुख चिन्ह हामीलाई दिन्छ भन्ने विश्वास छ।’
देउवाले आफू चाडै देशभर धुम्ने जानकारी दिए । देउवा पक्षले आगामी अशोज १५ गतेदेखी वडा अधिवेशन प्रारम्भ गर्दे मंसिर २२, २३ मा केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यता, गगनकुमार थापा नेतृत्वको कांग्रेसले भने अशोज ४ गते वडा अधिवेशन प्रारम्भ गर्दे अशोज १६ देखि केन्द्रीय अधिवेशनको कार्यतालिका प्रकाशीत गरेको छ ।


कार्यक्रममा सम्बोधन गर्ने देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालले आफू बिपिको पुत्र भएको चर्चा गर्द बिपिसँगका केही प्रसङ्ग सुनाए । कोइरालाले पार्टीलाई एक जुट पार्न आफू लागि परेको बताए । ‘पार्टीलाई एक जुट पारौं । शेरबहादुर देउवाको नेतृत्वमा हुने अधिवेशन सफल पारौ’ कोइरालाले भने ‘यो सफलता भनेको कांग्रेसको सफलता हो, राष्ट्रको सफलता हो, संविधानको सफलता हो।’ कोइरालाले नेपाली कांग्रेस अप्ठारो अवस्थामा बताए । ‘पार्टी टुक्रिने हो कि भन्ने संभावना पनि देखि राख्या छु’ कोइरालाले भने ‘ प्रयास रहेको छ उनीहरुलाई पनि यसै टिममा ल्याउने, त्यसैमा सबैको भलाई छ ।’
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसमा क्रियाशील अध्यावधिक गर्ने नाममा नियोजित तबरले आफ्ना मुठ्भिरलाई बाहेक अरुलाई निषेध गरिएको बताए । थापाले ‘१५ औं महाधिवेशन भन्दै तालिका सार्वजनिक भएको छ । प्रदेश अधिवेशन गायव छ, जिल्ला अधिवेशन गायव छ ।’
नेपाली कांग्रेसका केही नेताहरुले कार्यक्रम बहिस्कारको धम्की दिएको चर्चा गर्दे थापाले बहिस्कारवादीलाई नवमण्डलेको संज्ञा दिए । उनले भने ‘बहिस्कारवादीलाई ठेगान लगाउन पनि यो कार्याक्रम आयोजना गरिएको हो ।’
आफूहरु पनि पन्ध्रौ महाधिवेशन गर्न लागि परेको प्रसङ्गमा थापाले विशेष पक्षधरलाई कार्यकर्ताले नपत्याएको बताए । ‘ उहाँहरु पनि १५ औं महाधिवेशन भन्दै हुनुहुन्छ, हामी पनि १५ औ भन्दै छौं’ थापाले भने ‘ विशेषलाई नेपाली काग्रेसका कार्यकर्ताले प्रत्याएका छैनन् । अहिलेसम्म ३० प्रतिशतले अध्यावधिक गरेका छन् । ७० प्रतिशत हामीसँग छन् ।’
११३ औ बिपि जयन्तीको अवसर पारेर नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको, बिपि विचार : राष्ट्रिय राजनीति र नेपाली कांग्रेस,विषयक विचार गोष्ठी’ मा विशेष गरेर कांग्रेस इतर पक्षका शीर्ष नेताहरुको उपस्थिति थियो । कार्यक्रममा नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला,प्रकाशशरण महत, एनपि सावद, मीनबहादुर विश्वकर्मा, मनबहादुर विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा भक्तपुर जिल्लाका नेता, कार्यकर्ता लगायतका विभिन्न जिल्लाबाट निवर्तमान केन्दीय सदस्य, जिल्ला सभापतिहरु लगायत विभिन्नतहका नेता, कार्यकताको उपस्थिति रहेको जनाइएको थियो ।


कार्यक्रममा तरुण दलका पूर्व सभापति विनोद कायस्थ, मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठ, किसान संघका गणेश तिमल्सिना, रामेछाप कांग्रेसका पूर्वसभापति कान्छाराम तामाङ्ग, रमा कोइराला, मोहनबहादुर बस्नेत, एनपि सावद, प्रकाशशरण महत,कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहले सम्बोधन गरेका थिए । सम्बोधन गर्नेहरु मध्ये केहीले पार्टी एकतामा जोड दिए भने केहीले आफ्नो पक्षको अधिवेशन सफल बनाउन लागि पर्नुपर्ने धारणा राखेका थिए ।
नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यकक्रममा भक्तपुरका नेता कार्यकर्ताहरुको भने उपस्थिति सीमित देखिन्यो । कार्यक्रम संयोजक भक्तपुर काग्रेसका प्रवक्ता रबिन्द्र प्रधानले कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालालाई कार्यक्रमको आखिरी समयमा आएर निम्ता गर्न नभ्याएको स्पष्ट गरे ।