अदालतमा पुनरावलोकनको मुद्दा बोकेर जानुभएका श्रध्देय नेताहरु पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ र पार्टी विभाजनका लागि उद्यत हुनुहुन्न भने पाँच दिन भित्र (आगामी शुक्रवारसम्मं मुद्दा फिर्ता लिएर पार्टी एकताको पूरक वातावरण बनाउनेतर्फ कदम चाल्न अनुरोध गर्दछु।

काठमाडौं, २४ भदौ ।

नेपाली कांग्रेस अधिवेशनमा होमिएको छ, यतिखेर । विशेष अधिवेशनबाट स्थापित नेतृत्वले एक वर्ष भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यभारमा कांग्रेसजन लागि परेका छन् । नेपाली कांग्रेसमा विशेष अधिवेशनको आवश्यकता र औचित्यको पैरवी गर्दे अधिवेशनका निम्ति अग्रणी भूमिका खेल्ने मधु आचार्यले हालै सम्मन्न काग्रेस केन्द्रीय कार्य समितिको बैंठकमा आफ्ना धारणा राखेका छन् । १४ बुँदे उनका प्रेसक्रिप्सनमा विशेष अधिवेशन विरोधी पार्टीका नेताहरुलाई पार्टीको मुलप्रवाहमा निम्ता गर्नु अघि उनीहरुले सर्वोच्च अदालतमा हालेको मुद्धा फिर्ता लिनुपर्ने अल्टिमेटम दिएका छन् । आचार्यले शुक्रबारसम्म मुद्धा फिर्ता गर्नुपर्ने भनेका छन् ।

प्रस्तावहरु
१.नेपाली कांग्रेसले भोटेकोसी बाढीको सन्दर्भमा डे(वानदेखि जुन भूमिका खेल्यो, जिम्मेवार प्रतिपक्षको गरिमा बढाएको छ। राहत र उध्दार कर्ममा वर्तमान सरकार अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिको बाढी प्रभावित क्षेत्रमा रातोदिनको खटाई र भूमिकाको भने उच्च सह्राहना गर्नुपर्दछ। वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारको संवैधानिक महत्वलाई उपेक्षा गरेका कारण पीडितलाई झन पीडित बनाएको छ। सरकारको तत्कालीन रणनीतिक कमजोरीका कारण हजारौं नागरिक बेलैमा उध्दार नपाएर ज्यान गुमाउँदै छन। राष्ट्रिय विपदको बेलामा सरकारले प्रदर्शन गरेको यस्ता गलत प्रवृत्तिको जोडदार प्रतिकार गर्न जरुरी छ। पार्टीले यतिखेर “जलवायु न्याय” र “नमूना एकीकृत वस्ती विकास” को मुद्दालाई प्राथमिकतासाथ उठाऔं।

२. पार्टीको वृहत्तर एकताका लागि क्रियाशील सदस्यताका सन्दर्भमा हामीले लचकता अपनाएर बलियो कदम अगाडि बढायौं। अदालतमा पुनरावलोकनको मुद्दा बोकेर जानुभएका श्रध्देय नेताहरु पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ र पार्टी विभाजनका लागि उद्यत हुनुहुन्न भने पाँच दिन भित्र (आगामी शुक्रवारसम्मं मुद्दा फिर्ता लिएर पार्टी एकताको पूरक वातावरण बनाउनेतर्फ कदम चाल्न अनुरोध गर्दछु।

३. प्रत्येक वर्षको महासमिति बैठक अगाडि केन्द्रले नै प्रदेश भेला, जिल्ला सभापति भेला, प्रतिनिधिसभा सभापति भेला, प्रदेशसभा सभापति भेला, पालिका सभापति भेला र वडा सभापति भेला ९प्रदेशगत० आयोजन गर्ने व्यवस्था गरौं।

४. ⁠नेपाली कांग्रेसको प्रत्येक तहको नेता सोझै क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने व्यवस्था गरौं। यसले नेतृत्व र सदस्य बीच सोझो र पारदर्शी सम्वन्ध स्थापित गर्दछ। नेतृत्वलाई थप उत्तरदायी बनाउँछ र अपनत्व बृध्दी गर्दछ।

५.⁠पार्टीको विधानमा क्रियाशील सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको काम, कर्तव्य र अधिकार तोकिएको छ। बैठक प्रणालीको व्यवस्था छ। तर पद वा जिम्मेवारीमा बसेर जिम्मेवारी निर्वाह गरे नगरेको अनुगमन र मूल्यांकन गर्ने बलियो संयन्त्रको व्यवस्था खोई रु अनुशासनहीनलाई त अनुशासन समितिले कार्वाही गर्छ, कर्तव्य पूरा नगर्नेलाई कसले निगरानी गर्ने वा सचेत गराउने वा जिम्मेवारीबाट विदा गर्ने हो, विधानमै शक्तिशाली निकायको व्यवस्था गरौं।

६. पार्टी संगठनमा सबैभन्दा बढी शक्तिशाली वडा र पालिका कार्यसमितिलाई बनाऔं। कुशल संगठकहरुलाई जिम्मेवारीमा ल्याऔं। वडा सभापतिलाई पदेन प्रदेश अधिवेशन प्रतिनिधि र पालिका सभापतिलाई महाधिवेशन प्रतिनिधि बनाउन प्रस्ताव गर्दछु। प्रदेश क्षेत्रीय सभापतिलाई पनि महाधिवेशन प्रतिनिधि बनाऔं। उपमहानगरपालिका र महानगरपालिकाका सभापतिलाई महासमिति सदस्य बनाऔं। त्यसैगरी प्रत्येक उपमहानगरपालिकाबाट ५ जना र महानगरपालिकाबाट ७ जना महाधिवेशन प्रतिनिधि अतिरिक्त निर्वाचित हुने व्यवस्था गरौं।

७. ⁠प्रजातन्त्रसेनानी, द्वन्द्व पीडित र सहीद परिवारलाई छुट्टै क्लष्टरको रुपमा व्यवस्था गरौं। नेपाल ट्रेड युनियन कांग्रेससँग संवाद गरेर श्रमिक क्लष्टरको ट्रेड युनियन मैत्री परिभाषा वा ब्याख्या तय गरौं।

८. ⁠क्रियाशील सदस्यताको सूचीलाई जतिसक्दो चाँडो पार्टीपंक्ति बीच पारदर्शी सार्वजनिक गरौं। आवश्यक उजुरी लिने, छानवीन गर्ने अवसर दिएर अन्तिम प्रमाणीकरण गरौं।

९. ⁠हामीले कांग्रेस बदलिसकेका छैनौं। तर बदल्दैछौं र बदल्छौं, यो हामी जोडिदैगएका सबै सदस्यहरुको प्रतिवध्दता हो। पार्टी भित्र सुशासन कायम गर्न निश्चित मूल्य पध्दति ९आन्तरिक लोकतन्त्र, निक्षेपण, पारदर्शिता, जवाबदेहीता र सहभागिता आदि० हाम्रा निर्णय प्रक्रिया, विधान र परिणाममा देखिनुपर्छ। लोकतन्त्रको आत्माको रुपमा रहेको ट्रेड युनियन अधिकारको पक्षमा पार्टी प्रष्टसँग मुखरित हुन र आवश्यक परे सरकारी दुस्साहसको विरुद्ध प्रतिकारमा समेत उत्रिन तयार हुनुपर्छ।

१०. ⁠पार्टी भित्र विगतको लिगेसीको रुपमा हामीले घात, अन्तर्घात, दुश्मनी, घृणालाई प्राप्त गरेका छौं। अस्वस्थ प्रतिस्पर्धा, अपमान र तेजोवधको सृंखलालाई अन्त गर्न पनि सिष्टम, मापदण्ड र समन्यायमा जोड दिंदै सांस्कृतिक रुपान्तरणमा काम गरौं।

११. ⁠पार्टी भित्र दुई दर्जाको सदस्य हुनुहुँदैन। कोही महाधिवेशन प्रतिनिधि बन्न वडादेखि अनुमोदित भएर आउनुपर्ने र कोही स्वतः महाधिवेशन बन्ने भन्ने हुन सक्दैन। सदस्यता चाहीं केन्द्रीय सदस्यले समेत हरेक वर्ष नवीकरण गर्नैपर्ने तर महाधिवेशन प्रतिनिधिको हैसियत चाहीं पुनः नवीकरण भएर आउनुनपर्ने कुरा स्वीकार्य हुँदैन। पार्टीमा विगतदेखि माग हुँदैआएको केन्द्रीय पदाधिकारी लगायत सबै केन्द्रीय सदस्य तल वडादेखि नै निर्वाचित भएर आउने व्यवस्थालाई सुनिश्चित गरौं।

१२. पार्टीको भात्रृ शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउने परम्परालाई निरन्तरता राखौं। सदस्य संख्याको आधारमा प्रतिनिधित्व तय गरौं।

१३. ⁠महिला संघमा लामो समयदेखि काम गरेका, गरिरहेका ब्यक्तिहरुलाई नेपाल महिला संघको तहगत जिम्मेवारीमा ल्याऔं। त्यसैगरी सबैलाई चित्तबुझ्दो मापदण्ड बनाएर नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, लोकतांत्रिक खेलकुद संघ लगायतलाई पूर्णता दिने काम गरौं।

१४. ⁠नेपालको क्रान्तिकारी, प्रगतिशील शक्ति नै नेपाली कांग्रेस हो। आफूलाई जनता, समयसापेक्ष बनाउँन प्रतिवध्द गगन थापाको नेतृत्वमा रहेको यो नेपाली कांग्रेसले आफूलाई थप तिखार्दै आफूलाई राष्ट्रियता, लोकतन्त्र, जनजीवनका सवालमा सापेक्षित क्रान्तिकारी र प्रगतिशील पुनः प्रमाणित गर्न तयार हौं। र आगामी महाधिवेशनलाई नीति र नेता निर्माणमा ऐतिहासिक बनाऔं।
जय नेपाल