पोहोर भदौको जेन्जी आन्दोलनलाई हेर्ने विभिन्न कोण छन्, थ्योरी छन्
नेपालमा डेढ दशक आसपासमा ठूलो राजनीतिक उथलपुथल हुने गरेको छ । जेन्जी आन्दोलनलाई पनि त्यही रुपमा बुझ्ने कि ? तर, समय आफैमा कारण होइन । डेढ दशक हाराहारीमा जनताको निराशा किन चरममा पुग्छ ? यो खोज्नुपर्छ । जनताको निरासाले मात्र आन्दोलन भयो भनेर मान्न सकिने आधार छैन ।
हिजो अमेरिकाको डिलावेर युनिभर्सिटीका प्रोफेसर मुक्तेदार खानको अन्र्तवार्ता सुनेको थिएँ । उनका अनुसार अमेरिकाको राजधानी वाशिङटन डिसीमा स्वदेशी विदेशी गरी एक लाख गुप्तचर छन् । रविन्द्र मिश्रले जेन्जी आन्दोलन गुप्तचरहरुले गराएको भन्नुभयो । नेपालमा पनि सर्वत्र गुप्चतर छन् । उनीहरुको भूमिकालाई अस्वीकार गर्न सकिँदैन । तर, सम्पूर्ण रुपमा गुप्तचरकै भरमा आन्दोलन भएको मान्न सकिने आधार छैन ।
एकथरि मानिस भन्छन्, कांग्रेस एमालेको नालायकीले पोहोर जेन्जी आन्दोलन भयो । जेन्जी आन्दोलनमा मुख्य गरी भ्रष्टाचार र नेपो बेबीको कुरा उठेको थियो । जेन्जी आन्दोलनपछि अर्काथरी नेपोबेबी उदाएका छन् । भ्रष्टाचारको कुरा गर्ने हो भने यो एक वर्षमा कुनै पनि नेता विरुद्ध भ्रष्टाचारको आरोप प्रमाणित गर्न सकेका छैनन् । तसर्थ, कांग्रेस एमालेको नालयाकीले मात्र सम्पूर्ण रुपमा आन्दोलन भएको मान्न सकिने आधार छैन ।
म ०५८ लाई कट अफ इयर मान्छु । त्यो वर्ष रहस्यमय नारायणहिटी हत्याकाण्ड भयो । त्यसपछि नेपालमा निरन्तर रहस्मय राजनीतिक घटना हुने गरेको छ । त्यही कडीमा जेन्जी आन्दोलनलाई पनि लिन सकिन्छ ।
नेपालमा डेढ दशक आसपासमा ठूलो राजनीतिक उथलपुथल हुने गरेको छ । जेन्जी आन्दोलनलाई पनि त्यही रुपमा बुझ्ने कि ? तर, समय आफैमा कारण होइन । डेढ दशक हाराहारीमा जनताको निराशा किन चरममा पुग्छ ? यो खोज्नुपर्छ । जनताको निरासाले मात्र आन्दोलन भयो भनेर मान्न सकिने आधार छैन ।
भूराजनीतिक कारण देखाउनेहरु पनि धेरै छन् । भूराजनीतिक कारण र गुप्तचरले गराए भन्ने कुरालाई एउटै बास्केटमा राखेर हेर्न पर्छ । भूराजनीतिक कारण हो भने नेपालमा अस्थिरता चाहने शक्ति को हो भनेर पहिचान गर्नुपर्छ । जेन्जी आन्दोलनपछि जेजे भयो, भारत र चीन दुवै खुसी भएको देखिएन । त्यसपछि प्रचार गरिए जसरी अमेरिकाले लाभ पाएको पनि देखिँदैन । उनीहरुको दशौं वर्ष लामो रोडम्याप छ कि ? हामीलाई थाहा छैन ।
तर, म ०५८ लाई कट अफ इयर मान्छु । त्यो वर्ष रहस्यमय नारायणहिटी हत्याकाण्ड भयो । त्यसपछि नेपालमा निरन्तर रहस्मय राजनीतिक घटना हुने गरेको छ । त्यही कडीमा जेन्जी आन्दोलनलाई पनि लिन सकिन्छ । केपी ओलीले जेन्जी आन्दोलनलाई सम्पूर्ण रुपमा षडयन्त्र हो भन्ने गर्नुभएको छ । षडयन्त्र त हो तर त्यो कसले गर्यो र किन गर्यो भन्ने उहाँले भन्ने गर्नुभएको छैन ।
कांग्रेसको गगन थापा पक्ष जेन्जी आन्दोलनप्रति त्यति कडा विरोध जनाउँदैन तर आन्दोलनबाट उनीहरुलाई पनि क्षति भएको छ । अर्काे प्रश्न छ, जेन्जी आन्दोलनलाई आन्दोलन, क्रान्ति, विद्रोह कि घटना भन्ने ? पत्रकार राजकुमार रेग्मीले कुनै पनि घटना आन्दोलन या क्रान्ति ठहरिनका लागि त्यसको परिणाम हेर्नुपर्छ भन्ने विचार दिनुभएको छ । परिणाममा हेर्दा जेन्जी आन्दोलन षडयन्त्रमूलक घटना मात्र ठहरिने सम्भावनालाई नकार्न सकिँदैन ।
जेन्जी आन्दोलनको आधारभूमि घृणा निन्दा र झुठो प्रचार थियो । पूराना राजनीतिक शक्तिहरु, पूराना नेताहरु र एउटा सिंगो उमेर पुस्ता विरुद्ध यति भयानक घृणा फैलाइयो कि त्यसबाट नेपाली समाज दिग्भ्रमित भयो ।
मलाई के लाग्छ भने नेपाललाई कुनै खास परिस्थितिमा पुराउन विभिन्न अन्तराष्टिय शक्तिहरु लागिपरेका छन् । नेपालभित्र हुने हरेक घटनामा उनीहरु खेल्न खोज्छन् । जेन्जी आन्दोलन गर्ने गराउनेमा उनीहरुको भूमिका छ भनेर स्वीकार गर्नैपर्ने हुन्छ तर कुन स्वरुपमा ककसको भूमिका थियो भन्ने शायद कहिले पनि खुल्ने छैन ।
जेन्जी आन्दोलनको आधारभूमि घृणा निन्दा र झुठो प्रचार थियो । पूराना राजनीतिक शक्तिहरु, पूराना नेताहरु र एउटा सिंगो उमेर पुस्ता विरुद्ध यति भयानक घृणा फैलाइयो कि त्यसबाट नेपाली समाज दिग्भ्रमित भयो । त्यसैले सिंहदरबार जलेको पनि ठीक हो भन्ने जमात सिर्जना भयो । भ्रष्टाचारको विरोध गर्नु, भ्रष्टतन्त्रको विरोध गर्नु र सिंहदरबार जलाएकोमा ताली बजाउनु एउटै कुरा होइन भन्ने विवेक नेपाली समाजले पुराउन सकेन ।
ठूलो राजनीतिक उथलपुथल एउटा कारणले मात्र हुँदैन । विभिन्न कारणहरुको संयोजनले उथलपुथल हुन्छ । उथलपुथलका लागि समाज तथा जनतालाई मनोवैज्ञानिक रुपमा तयार पारिएको हुन्छ । हो, यो पोइन्टमा आइपुगेपछि गम्भीर हुनुपर्छ । जेन्जी आन्दोलन पहिले मात्र नभएर अहिले पनि नेपाली समाजमा खास किसिमको मनोविज्ञान निर्माण गर्न प्रयास भइरहेको छ । ल्याबमा गिनी पिगलाई विभिन्न औषधीका लागि परीक्षण गरे जसरी नेपाललाई पनि ल्याब बनाएर नेपाली जनतालाई गिनी पिगका रुपमा प्रयोग गरिंदै छ कि ? यो बारेमा गम्भीर हुनुपर्छ ।
जेन्जी आन्दोलनको अनौठो पक्ष के छ भने यसको स्वामित्व लिन कोही पनि तयार देखिँदैन । पवित्र आन्दोलन थियो भने यसको स्वामित्व लिन अगाडि बढ्नुपर्ने होइन र ? जेन्जी आन्दोलनमा पर्दा अगाडि र पछाडि बसेर भूमिका खेलेका भनेर प्रष्टसँग चिनिएका व्यक्तिहरु पनि आन्दोलनको सम्पूर्ण स्वामित्व लिने आँट गर्दैनन् । युवाहरुले विद्रोह गरेका हुन् भनेर पन्छिन् खोज्छन् ? उनीहरु किन पन्छिरहेका छन् ? यो पनि कारण खोज्नुपर्छ ।
जेन्जी आन्दोलनमा गोली हानिएको, मानिस मारिएको घटनाको छानविन गरियो । निहत्था नागरिकलाई गोली हानेर मारेको घटनालाई जायज भन्न मिल्दैन तर त्यस्तो परिस्थिति सिर्जना गर्ने काम ककसले गर्यो ? ककसको के भूमिका थियो ? उनीहरुको नियत र उद्देश्य के थियो ? उनीहरुले केकस्तो तयारी गरेका थिए ? यो पनि अनुसन्धान हुनुपर्ने विषय हो । यो विषयको अनुसन्धान भएपछि मात्र जेन्जी आन्दोलनलाई सही रुपमा बुझ्न सकिन्छ ।
नोट : सुन्दरी पोखरेलको फेसबुकबाट ।

