‘यो घडीमा सबैखाले राजनैतिक विमति भन्दा माथि उठेर यो दायित्वमा हामी समर्पित छौं । नेपाली कांग्रेस यो संकटमा सरकारको साथमा छ र विपति प्रभावित परिवारजनको साथमा छ’ कांग्रेसले भनेको छ ।

काठमाडौं, २२ भदौ ।
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले भोटेकोशी विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत एवं पुनस्र्थापना हामी सबैको साझा कर्तव्य हो भन्दै पार्टीका तर्फबाट प्रधानमन्त्री र राहत कोषमा एक करोड उपलब्ध गराएको छ ।
सोमबार कांग्रेस महामन्त्री प्रदीप पौंडेल लगायतका प्रतिनिधिहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको
विज्ञप्तिमा भनिएको छ ‘यो घडीमा सबैखाले राजनैतिक विमति भन्दा माथि उठेर यो दायित्वमा हामी समर्पित छौं । नेपाली कांग्रेस यो संकटमा सरकारको साथमा छ र विपति प्रभावित परिवारजनको साथमा छ ।’

‘भोटेकोशी विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत एवं पुनस्र्थापना हामी सबैको साझा कर्तव्य हो । यो घडीमा सबैखाले राजनैतिक विमति भन्दा माथि उठेर यो दायित्वमा हामी समर्पित छौं’ कांग्रेसले भनेको छ ‘ नेपाली कांग्रेस यो संकटमा सरकारको साथमा छ र विपति प्रभावित परिवारजनको साथमा छ।’

पार्टीका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेस भोटेकोशी बाढी विपद् व्यवस्थापन समितिका संयोजक ई.मोहन आचार्य, प्रवक्ता देवराज चालिसे र केन्द्रीय कार्यालयका का.वा।.मुख्य सचिव कृष्णप्रसाद दुलाल सम्मिलित प्रतिनिधिमण्डलले नेपाल सरकारका अर्थमन्त्रीलाई भेटी सरकारको कोषमा रू.१,००,००,०००। (एक करोड) रुपैया जम्मा गरेको जनाइएको छ ।
नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका सबै सहृदयी मनहरूलाई राहत र पुनस्र्थापनाको अभियानमा सहभागी हुन अपिल गरेको छ । पार्टीको कोष मार्फत् योगदान गर्ने नेपाली कांग्रेस पार्टीका विभिन्न तहका सबै आदरणीय साथीहरूप्रति कार्यसम्पादन समितिको बैठकले धन्यवाद र सम्मान प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
महामन्त्री पौडेलले सामाजिक संजालमा लेखेका छन् ‘नेपाल सरकारका अर्थमन्त्रीमार्फत सरकारलाई उक्त रकम हस्तान्तरण गर्ने क्रममा उद्धार र बेपत्ता नागरिकको खोजीलाई थप तीव्रता दिन र विस्थापित परिवारहरूलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ।’