प्राधिकरणका सूचनालाई आधिकारी वा अफिसियल मान्नुपर्ने हुन्छ । तर, प्राधिकरकै सूचनाले अन्यौल सृजना गर्दछ भने त्यसलाई सामान्य अर्थमा लिन मिल्दैन, त्यो पनि कति शव भेटिए भन्ने तथ्यमा एकै दिन ६ घण्टाबीचका तथ्यमा भिन्नता देखिन्छ ।

काठमाडौं, २० भदौं ।

भाटेकोशीरसुवा बाढी गएको ११ औं दिनसम पनि राहत, उद्धारका काम जारी छन् । सरकारका संयन्त्रहरु क्रियाशील भएको अवस्था छ । ठूलो संख्याका नागरिकको अवस्था अझै एकिन छैन । कति वेपत्ता भएका छन् ? उनीहरुको अवस्था के छ ? अज्ञात छ, सरकारी तथ्याङ्कका सम्पर्कविहीनहरुको संख्या ५ हजार छ । आजसम्म निधन भएकाहरुको संख्या कति हो त ? जिम्मेवार सरकारी निकायले प्रकाशीत गरेर ६ घण्टा फरकका रिपोर्टमा मानवीय क्षति भएको संख्यामा १३जनाको अवस्था अन्यौलग्रस्त देखिन्छ ।

प्रकापको व्यवस्थापनको प्रमुख जिम्मेवारी लिएको संस्था हो, राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरण । प्राधिकरण संभवत फिल्डमा सक्रिय नेपाली सेना, प्रहरी लगायतका निकायबाट तथ्याङ्ग लिएर सार्वजनिक गर्ने गर्दछ । उसले गरेका सूचनालाई आधिकारी वा अफिसियल मान्नुपर्ने हुन्छ । तर, प्राधिकरकै सूचनाले अन्यौल सृजना गर्दछ भने त्यसलाई सामान्य अर्थमा लिन मिल्दैन, त्यो पनि कति शव भेटिए भन्ने तथ्यमा एकै दिन ६ घण्टाबीचका तथ्यमा भिन्नता देखिन्छ ।

भोटेकोशी बाढीबाट आजसम्म कतिको निधन भयो ? प्राधिकरणको आज १२ बजेको रिपोर्टमा १ हजार ३ सय ४४ मानवीय क्षति भन्ने छ । यता, साँझ ६ बजेको रिपोर्टमा भने मानवीय क्षतिमा १ हजार ३ सय ३१ जना भनिएको छ । के देखिन्छ भने १२ बजे निधन भएका मध्ये १३ जना साँझ ६ बजे जीवितै अवस्थामा पाइएका हुन् ? प्राधिकरणको रिपोर्टले यसै भनिरहेको छ ।

मानवीय क्षतिलाई प्राधिकरणले जिल्लागतरुपमा विवरण राख्ने गरेको छ । कूल मानवीय क्षतिमा १३ जनाको फरक कसरी आयो ? जिल्लागत रुपमा १२ बजे १६० मानवीय क्षति भएको रसुवामा साँझ ६ बजे १५६ मानवीय क्षति भनिएको छ । त्यस्तै, नवलपरासीमा १२ बजे २३० मानवीय क्षति भनिएकोमा साँझमा घटेर २१९ मात्र मानवीय क्षति लेखिएको छ । रसुवामा ४ र नवलपरासीमा ११ जनाको फरक कसरी भयो ? प्राधिकरणले तथ्याङ्कमा कुनै स्पष्ट गरेको देखिदैन ।

प्राधिकरणले सही र तथ्य सूचना दिनुपर्ने उसको जिम्मेवारी र जवाफदेही दुबै हो । नागरिकको जिवनसँग सम्बन्धित तथ्यमा यसरी भिन्नता आउँनुले प्राधिकरणको कार्यशैलीमा प्रश्न चिन्ह लाग्नसक्छ ।

ाहत र उद्धारमा नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेको योगदानलाई बेग्लाबेग्लै उल्लेख गर्ने गरेको प्राधिकरणले । जस अनुसार आज साँझ ६ बजेसम्मा नेपाली सेनाले देशि विदेशी गरेर ४ हजार १ सय ६२ जनाको उद्धार गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । उता, नेपाली सेनाले आजै साँझ ५ बजे प्रकाशीत विवरणमा विदेशी २७५ सहित जम्मा ३ हजार ९ सय ९७ लाई उद्धार गरेको विवरण छ । यहाँ १९७ अङ्कको फरक छ । सेनाको हकमा सेनाले राखेको तथ्य  सत्य हो ? वा जिम्मेवारीको हिसावले प्राधिकरणको हो ? प्रश्न अनुत्तरित छन् ।