नेपाली सेनाको पछिल्लो अपडेट : बेलिब्रिज जडान र जलविद्युत आयोजनाहरुका भैरहेका उद्धार
काठमाडौ,२० भदौ ।
भोटेकोशीरसुवा बाढी पछि प्रभावित क्षेत्रमा अहोरात्र क्रियाशीले नेपाली सेनाको पछिल्लो अपडेटमा विशेष गरेर बेलिब्रिज जडान र जलविद्युत आयोजनाहरुका भैरहेका उद्धारका कामहरुलाई राखेको छ ।
आज साँझ सेनाले सामाजिक सञ्जालबाट गरेको रिपोर्टमा भनिएको छ ‘ द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २० गतेको १९०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट २ जना विदेशी (अमेरिकन-१ र चिनियाँ-१) सहित ३९ जना नागरिकको उद्धार गरिएको। हालसम्म नेपाली सेना ले हवाई साधनमार्फत २७५ जना बिदेशी सहित जम्मा ३९९७ जनाको उद्धार गरेको।’
सेनाको रिपोर्ट:
१. पुल जडान:
• नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा #नेपालीसेना का इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीले एक्रो बृज जडान गर्ने कार्य भइरहेको।
२. खोज तथा उद्धार कार्य:
• नेपालीसेना द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २० गतेको १९०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट २ जना विदेशी (अमेरिकन-१ र चिनियाँ-१) सहित ३९ जना नागरिकको उद्धार गरिएको। हालसम्म नेपालीसेना ले हवाई साधनमार्फत २७५ जना बिदेशी सहित जम्मा ३९९७ जनाको उद्धार गरेको।
३. टनेलमा खोज तथा उद्धार कार्य:
• रसुवागढीजलविद्युत आयोजनामा संयुक्त उद्धार टोली खोजी कार्य गर्दै पावर हाउसको छैठौँ तलामा पुगेर Search गर्दा कोही फेला नपरेको। पाँचौँ तलासम्म लेदोले भरिएको अवस्थामा रहेकोले थप खोजी कार्य जारी रहेको।
• त्रिशूली3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको #नेपालीसेना का ७५, सशस्त्र प्रहरी बल, नेपालको १८ एवम् नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त उद्धार टोलीले थप खोज तथा उद्धार कार्य जारी रहेको।
• #त्रिशूली3B मा #नेपालीसेना का ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीद्वारा ३ वटा Bobcat र जेनेरेटरको प्रयोग गरी खोजी कार्य जारी रहेको। अडिट 2 टनेलबाट Excavator जान सक्ने गरी बाटो सफा गरेको।
• चिलिमेहाइड्रो मा विदेशीसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump को सहायताले लेदो फाल्ने कार्य गरी पुनः १०५ मिटर भित्रसम्म पुगेको। साथै, खोज तथा उद्धार कार्य भईरहेको।
• माथिल्लोत्रिशुली १ को हाकु स्थित टनेलको २५० मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले एक जना चिनियाँ नागरिक (Lu Haitao) को जीवित उद्धार गरेको र थप २ वटा शव फेला पारी उद्धार गरेको। साथै, टनेलमा रहेको लेदो हटाउँदै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईएको।
४. जमिनी खोज तथा उद्धार र राहत:
• प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको। साथै, नेपालीसेना ले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज जम्मा ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र हालसम्म जम्मा ३२९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपालीसेना का ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

