काठमाडौं, २० भदौं ।
रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ।
नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेर्टिएकी उनलाई हेलीकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेकबाट सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ लगिने नेपाली सेनाले जनाएको छ ।