कोरियन कम्पनीले निर्माण गरिरहेको आयोजनामा ५५६ जना वेपत्तामा छन् । आयोजनामा  चिनियाँ नागरिक ३ सय ८५ जना थिए ।

काठमाडौं, २०।
बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त शनिबार अपराह्न रूपमा टनेलभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको सेनाले जनाएको छ ।

बाढी गएको ११औं दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ ।माथिल्लो त्रिुशुली निर्माणाधीन सबै भन्दा ठूलो विद्युत आयोजना हो । कोरियन कम्पनीले निर्माण गरिरहेको आयोजनामा ५५६ जना वेपत्तामा छन् ।बाढी आएको समयमा १ हजार ४ सय ३३ जना आयोजनामा काम गरिरहेका थिए । जसमध्ये ८ सय ७६ जना सम्पर्कमा छन् र उद्धार समेत गरिएको छ । ५ सय ५७ जनाको अवस्था अज्ञात छ । वेपत्ता हुनेहरुमा PowerChina ३ सय ८५ जना Andritz Hydro ९४ जना Doosan (56) जना,  project developer NWEDC १५ जना, Jade Consult  ७ Jade Consult का जना र दक्षिण कोरियाली नागरिक छन् ।