त्रिशुली ३ ए बाट उद्धार गरिएका शाह र महर्जनको उपचार हुँदै
काठमाडौं, १९ भदौ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित उद्धार गरिएका सप्तरीका सञ्जय शाह र ललितपुर बालकुमारीका कबीर महर्जनको उपचार भइरहेको छ ।
महर्जनलाई एयर डाइनेस्टीको विमानबाट काठमाडौँ ल्याइएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । शाहको उपचार नुवाकोटस्थित त्रिशुली अस्पतालमा भइरहेको छ ।
कोइलाडी( ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाह माथिल्लो त्रिशुली ३‘ए’ मा र बालकुमारी(३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन कार्यरत थिए।
त्रिशुली ३ एको पावरहाउसमा ४० जना जति प्राविधिक, कर्मचारीहरु फसेको अवस्था छ । यो आयोजना केन्द्रीत भएर उद्धारको काम थालेको ६ दिन पछि बिहिबारमात्र आयोजनाको सुरुङ्गको मुख फेला परेको हो ।

