प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको।Disinfect सम्बन्धी काम भैरहेको सेनाको भनाई ।

काठमाडौं, १६ भदौ ।
भोटकोसी बाढी पछि जलविद्युत आयोजनाहरुमा ठूलो संख्यामा मानिस फसिरहेका छन् भन्ने आशंकाबीच खोजविनको काम त्रिव भैरहेको नेपाली सेनाले जनाएको छ । मंगलबार दिउँसोसम्ममा के के काम भएका छन्, त्यसबारे सेनाले सामाजिक संजालमा तस्बिर, टनेलमा खटिरहेको सैनिकहरुको भिडियो सहित विवरणहरु सार्वजनिक गरेको । सेनाको पछिल्लो अपहेट, सेनाकै शब्दमा ःहवाई

तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट

१. खोज तथा उद्धार कार्य :द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १६ गतेको ११ बजेसम्म जम्मा २३ जनाको उद्धार गरिएको।

२. टनेलमा खोज तथा उद्धार कार्य
• चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको।
• लाङटाङ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरेको।
• अपर त्रिशूली-१ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको।
• त्रिशूली-3A मा टनेल हेड फेला परेको र Compressor बाट हावा दिने कार्य गरेको। टनेल भित्रको पानी निकाल्ने कार्य भईरहेको । साथै ३ वटा Excavator प्रयोग गरी पछाडीतर्फ रहेको बैकल्पिक मार्ग करिब १५ मि. खोलिएको। Rock Breaker बाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भईरहेको।
• त्रिशूली-3B पनि विज्ञसहितको फौज खटिई टनेलमा प्रवेश गर्नको लागि प्रवेशद्वार पत्ता लगाई भित्र Excavator समेत प्रयोग गरी खन्ने कार्य भईरहेको।
• बाढी पश्चात् तत्काल उद्धारको क्रममा हाईड्रो इलाकाहरूबाट २७९ (रसुवागढी-२, माथिल्लो त्रिशूली १- ३३, माथिल्लो त्रिशूली 3A- २२१, माथिल्लो त्रिशूली 3B- २, मैलुङ- ९, नुवाकोट सौर्य विद्युत्-४, त्रिशूली जलविद्युत-३ र देवघाट जलविद्युत-५) जनाको जीवित उद्धार गरिएको थियो।
३. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्याङ्कन गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।
४. Disinfect सम्बन्धी कार्य
• प्रभावित इलाकाहरूलाई स्वस्थ र निसंक्रमण गर्ने उद्देश्यले धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताल, परासी (शव सङ्कलन केन्द्र) सुनवल न.पा.-४, मुलपानी सामुदायिक वन (शव व्यवस्थापन) इलाकाहरूलाई Disinfect गरिएको र अन्य स्थानहरूमा स्थानीय निकायको समन्वयमा Disinfect को कार्य गर्ने समन्वय भइरहेको।
टनेलमा उद्धारका लागि सघर्ष गर्दे भिडियो ।