प्रणालीले विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याउँदै समयमै सूचना प्रवाह, पूर्वसूचना तथा जोखिम न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं, १५ भदौ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा रसुवा जिल्लाको टिमुरेमा Real-Time बाढी अवलोकन तथा निगरानीका लागि ऋऋCC-Cameraजडान कार्य सम्पन्न भएको छ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले सामाजिक संजालमा आज रातिदेखिनै सचार प्रणाली सञ्चालनमा आउँने बताएका छन् ।
हाल उक्त प्रणालीलाई सञ्चालनमा ल्याउन ख्क्ब्त् जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको कार्य भइरहेको छ र सम्भवतः आज रातीदेखि नै प्रणाली सञ्चालनमा आउनेछ।
‘जडान गरिएको CC-Camera मार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्थालाई Real-Time मा दृश्यरूपमा अवलोकन तथा निगरानी गर्न सकिनेछ। यसबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी २४ सै घण्टा निगरानी गरिनेछ’ मन्त्री श्रेष्ठले भनेका छन् ‘ यस प्रणालीले विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याउँदै समयमै सूचना प्रवाह, पूर्वसूचना तथा जोखिम न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।’