प्रतिपक्षी कांग्रेसले भन्यो : तिनै तहबीच समन्वय गर्दे उद्धार, राहत र पुर्नस्थापनाका काम होस्, संसद सुचारु होस्
सदनमा प्रभावित जिल्लाका विद्यमान समस्याहरुका बारेमा गहन छलफल गर्ने र उद्धार, राहत तथा पुनःस्थापनाबारे एकीकृत रुपमा सुझाव सहित ध्यानाकर्ण गराउन सदन सुचारु गराउन नेपाली कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।
काठमाडौं, १५ भदौ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारसँगको समन्वयात्मकरुपमा उद्धार, राहत र पुर्नस्थापनाको काम गर्न सरकारलाई आग्रह गरेको छ । संसदीय दलका नेता भिष्मराज आङ्गदम्बेको अध्यक्षतामा बसेको बैंठकले देशको विषम परिस्थितिबारे छलफल गर्न सदन सुचारु गर्न अनुरोध गरेको छ ।
संसदीय दलले सोमबार प्रकाशीत विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले बाढी प्रभावित क्षेत्रहरुमा पुगेर जानकारी लिनु हुँदा तहगत समन्वयको अभाव देखिएको, उद्दार राहत पुनर्स्थापना व्यवस्थित र प्रभावकारी नभएको भन्ने पिडीत स्थानीयको गुनासो रहेको हुँदा यस सम्बन्धमा समन्यायिक ढङ्गले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारसंगको समन्वयात्मक रुपमा कार्य गर्न सरकारलाई यो बैठक आग्रह गर्दछ ।’
आइदम्बेले प्रभावित क्षेत्रको भ्रमण सकेर आएपछि आफ्ना धारणा सांसदहरुलाई बाड्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र पुर्नस्थापनमा समन्वयनको अभाव औल्याएका हुन् । दलको बैंठकले संसद सुचारु गर्न आग्रह गरेको छ । ‘ देश विषम परिस्थितिमा गुज्रीरहेको अवस्था सदनमा प्रभावित जिल्लाका विद्यमान समस्याहरुका बारेमा गहन छलफल गर्ने र उद्धार, राहत तथा पुनःस्थापनाबारे एकीकृत रुपमा सुझाव सहित ध्यानाकर्ण गराउन सदन सुचारु गराउन नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।’ त्यस्तै बाढी पीडितको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनका लागि नेपाली कांग्रेस संसदीय दलका नेताले १ ९एक० महिना र नेपाली कांग्रेसका संघीय सांसदहरुको १५ ९पन्ध्र० दिन बराबरको तलब रकम सहयोग गर्ने निर्णय गरेको छ ।
विज्ञप्ति पूर्णपाठ
भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आकस्मिक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको दुःखद घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ ।
विनाशकारी प्राकृतिक विपत्तिमा ठूलो संख्यामा नागरिकको अकल्पनीय रुपमा ज्यान गएको छ भने हजारौं व्यक्ति बेपत्ता तथा सयौं संख्यामा घाइते भएका छन् । बाढीले नदी तटीयक्षेत्रका बस्ती, बजार, राष्ट्रिय राजमार्ग लगायतका सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । भौगोलिक अवस्था तथा सञ्चार सम्पर्क विच्छेदका कारण मानवीय एवं भौतिक क्षतिको वास्तविक विवरण अझै यकिन हुन सकेको छैन । बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा घाइतेहरूको उपचार, विस्थापित घरपरिवारलाई पुनर्स्थापना र पिडितहरुलाई मनोपरामर्श कार्यलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधारको पुनःस्थापना गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्दछौँ ।
यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । बेपत्ता नागरिकहरूको सकुशल उद्धारका लागि प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस विषम परिस्थतिमा सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भई उद्धार, राहत र पुनःस्थापनाको अभियानमा सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।
१. नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले बाढी प्रभावित क्षेत्रहरुमा पुगेर जानकारी लिनु हुँदा तहगत समन्वयको अभाव देखिएको, उद्दार राहत पुनर्स्थापना व्यवस्थित र प्रभावकारी नभएको भन्ने पिडीत स्थानीयको गुनासो रहेको हुँदा यस सम्बन्धमा समन्यायिक ढङ्गले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारसंगको समन्वयात्मक रुपमा कार्य गर्न सरकारलाई यो बैठक आग्रह गर्दछ ।
२. बाढी पीडितको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनका लागि नेपाली कांग्रेस संसदीय दलका नेताज्यूको १ ९एक० महिना र नेपाली कांग्रेसका संघीय सांसदहरुको १५ ९पन्ध्र० दिन बराबरको तलब रकम सहयोग गर्ने निर्णय गर्दछ ।
३. देश विषम परिस्थितिमा गुज्रीरहेको अवस्था सदनमा प्रभावित जिल्लाका विद्यमान समस्याहरुका बारेमा गहन छलफल गर्ने र उद्धार, राहत तथा पुनःस्थापनाबारे एकीकृत रुपमा सुझाव सहित ध्यानाकर्ण गराउन सदन सुचारु गराउन नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।
४. बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुहुने स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्था, सञ्चारमाध्यम एवं स्वयंसेवकहरु र उद्धार तथा राहतका लागि सहयोग पुर्याउनुहुने मित्रराष्ट्रहरू, संघ–संस्था एवं सम्पूर्ण मनकारी महानुभावहरूप्रति संसदीय दलको यो बैठक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।
५. बाढीका कारण देशको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै सुरक्षित र वैकल्पिक सडकको माध्यमलाई व्यवस्थापन गर्न तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनाप्रति यो बैठक सरकारको ध्यानाकर्षण गराउँदै यस परिस्थितिमा दैनिक उपभोग्य वस्तुको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमनलाई कडाइ गर्न सरकारसँग माग गर्दछ ।
जय नेपाल , बासना थापा, प्रमुख सचेतक ।

