सरकार, सुरक्षा निकाय, स्थानीयतह, निजि क्षेत्र र पेशागत संस्थाहरुबीच प्रभावकारी समन्वय भएमा बहुमुल्य जीवन रक्षा हुनुका साथै खोज उद्धार, राहत कार्यलाई थप सुरक्षित, छिटो, परिणाममुखि बनाउन सकिने  विश्वास व्यक्त ।

काठमाडौं, १५ भदौं ।

जलविद्युत आयोजनाहरुमा फसेका कामदार, कर्मचारीहरुको उद्धारमा आफूहरु पनि सक्रिय हुन पाउँने व्यवस्था अनुरोध गर्दे पेशागत संगठनहरुले संयुक्त अपील गरेका छन् । सरकारले निजी क्षेत्रका हेलिकप्टरहरु समेत आफ्नो नियन्त्रणमा राखेर प्रयोग गरिरहेको अवस्थामा उनीहरुले सहज, शीध्र र प्रशासनीक व्यवस्थाका लागि अनुरोध गरेका छन् ।
भोटेकोशी बाढीका कारण ६ दिन बितिसक्दा पनि आफ्ना आयोजनासम्म पुग्न नसकेको, सयौं कर्मचारीहरुको अवस्था अज्ञात रहेको अवस्थामा सरकारमा भर पर्न नसकि आफै सक्रिय हुन खोजिरहेको छन्, त्यसमा सरकारले सहजीकरण गर्नुपर्ने उनीहरुको माग छ ।
आइतबार, प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सम्बोधन गर्दे हेलिकप्टर सेवालाई सहज उपयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
अपिलमा भनिएको छ ‘..दुर्गम स्थानमा रहेका जलविद्युत आयोजना, तिनमा कार्यरत कर्र्मचारी तथा आसपासका समुदाय, गम्भिररुपमा प्रभावित भएका छन् । कतिपय आयोजना स्थलसम्म स्थलमार्गबाट तत्काल पुग्न नसकिने अवस्था रहेका हुँदा, खोज, उद्धार र अत्यावश्यक राहतका लागि हेलिकप्टर सेवा अपरिहार्य देखिएको छ ।’
हेलिकप्टर सेवा सहज उपलब्ध गराउने तथा प्राविधिक सेवा सहयोग सम्बन्धि संयुक्त अपीलको पहिलो बुँदामा भनिएको छ ‘निजि क्षेत्रलाई हेलिकप्टर सेवा उपलब्ध गराउने सम्बन्धमा विपद प्रभावित दुर्गम क्षेत्र तथा जल विद्युत आयोजना स्थानमा खोज, उद्धार अत्यावश्यक राहत पु¥याउन निजि क्षेत्र जलविद्युत प्रवद्धकहरुलाई हेलिकप्टर सेवा प्रयोग गर्न आवश्यक अनुमति, समन्वय र प्रशासनीक प्रक्रिया शीध्र, तथा सहज बनाई दिन अनुरोध गर्दछौं ।’
‘विपदको यस कठिन घडिमा सरकार, सुरक्षा निकाय, स्थानीयतह, निजि क्षेत्र र पेशागत संस्थाहरुबीच प्रभावकारी समन्वय भएमा बहुमुल्य जीवन रक्षा हुनुका साथै खोज उद्धार, राहत कार्यलाई थप सुरक्षित, छिटो, परिणाममुखि बनाउन सकिने हाम्रो विश्वास छ’ अपीलमा भनिएको छ ।
आफ्ना मागलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दे भनिएको छ ‘ आवश्यक निर्णय, निर्देशन तथा समन्वयनको व्यवस्था मिलाई दिनुहुन् माननीय मन्त्रीज्यु समक्ष हार्दिक अपिल गर्द छौं ।’
नेपाल इन्जिनियर्स एसोसिएसनको अगुवाईमा जारी भएको अपीलमा नेपाल हाइड्रोपावार एशोसियसन, नेपाल टनेलिङ्ग एशोसिएसन्, इन्डिपेन्डेण्ट पावर प्रोड्यसर एशोसिएन, नेपाल, सोसाइटी अफ कन्सलिङ्ग फम्र्स, नेपाल जलविद्युत विकास संस्था, बिटिआई ट्रेड समेतको बैंठकले अपील प्रकाशीत गरेका हुन् ।
उनीहरुले प्राविधिक जनशक्ति उपलब्ध गराउन आफूहरु तयार रहेको अपीलमा बताइएको छ ।
रसुवा र नुवाकोटमा संचालनमा रहेका ८ र निर्माणाधीन ४ समेत १२ आयोजनाहरुमा ७ सय २९ जनाको अवस्था अज्ञात छ ।

अपिल (पूर्णपाठ)