प्रभावित आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको छ।

काठमाडौं, १५ भदौ ।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका जलविद्युत आयोजनाहरुमा मानिसहरु फसेको आशंकामा खोजविन र उद्धारको काम जारी छ ।
प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, भारतीय, चीनिया, कोरियन प्राविधिक रहेका छन् । कठिन भूगोल, आयोजनाका संरचना, सुरुङ्गका प्रवेशद्धार माटो, ढुंगाले पुरिएकोले चुनौतीपूर्ण उद्धारका काम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले आइतबार मध्यरातको अवस्थालाई सामाजिक संजालमा पोष्ट गरेकी छन् । दाहालले कुन कुन आयोजनामा कसरी उद्धारका प्रयासहरु भैरहेका छन् तिनिहरुको विवरण ः
प्रभावित आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको छ।
रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ। साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ। तर, अहिलेसम्म मानिस फेला पार्न सकेको छैन।
माथिल्लो त्रिशुली ३‘ए’
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’को प्रयास अघि बढाइएको छ। घटनास्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपालका १८ जना र नेपाल प्रहरीका ६ जना विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ।
टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
उद्धार प्रयासको प्राविधिक स्थिति:
टनेलको स्थितिस्जमिनको सतहबाट करिब १० देखि १२ मिटर गहिराइमा टनेलको माथिल्लो भाग ९क्राउन हेड० रहेको छ।
ड्ड उपकरण र रणनीतिस् टनेलको क्राउन हेडबाट मानिस छिर्न सक्ने प्वाल बनाउनका लागि ३ वटा स्काभेटर ९खोलामा खसेर माथि निकालिएको एकसहित० परिचालन गरिएको छ।
सफाइ कार्यस् पानी बग्ने गरी करिब ३० देखि ४० मिटर चौडाइमा माटो र गेग्रान खनेर हटाएपछि मात्र टनेलभित्र मानिस छिर्न सक्ने अवस्था बन्नेछ।
अनुमानित समयस् प्राविधिक टोलीका अनुसार ३ वटै स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भागसम्म पुग्न अझै करिब ६ देखि ७ घण्टा लाग्ने भएकाले आज पनि रातभर उद्धारको कोसिसलाई निरन्तरता दिइनेछ।

त्रिशूली ३ ‘बी’
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।
चिलिमे
रसुवाको चिलिमे जलविद्युत आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकीगरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ।
रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्धारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकीगरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ।
रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भइ काम समेत सुरु भइसकेको छ।