काठमार्डौ, १४ भदौ ।
चीनले औपचारिकरुपमा भोटेकोशी बाढीमा परेर चीनतर्फ २३ देशका २ सय ६१ जना सम्पर्कविहीन भएको बताएको छ ।
चीनको सरकार समाचार संस्था सिंह्वाका अनुसार चीनमा वेपत्ता हुनेहरुमा सबै भन्दा धेरै १०४ नेपाली, ४९ भारतीय ३३ लातभियन १८ अमेरिकन १५ बेलायती छन् । त्यस्तै, ६ क्यानेडिन ६ अष्टे«लियन, ४ दक्षिण अफ्रिकन, ३ रसियन ३ जर्मन छन् । मलेसिया, फ्रान्स, आयरल्याण्ड, न्यूजिल्णण्ड र नेदरल्याड्सका २, २ जना वेपक्ता भएका छन् ।
समाचारमा लिथवानिया, पोर्चुगल, स्पेन, हंगेरी, युक्रेन र काजाकास्तानका १, १ जना वेपत्ता भएको जनाइएको छ ।
पर्यटक र बाढी परेर वेपत्ता हुने चीनियाहरु समेतको संख्या ५ सय ४६ भएको समाचारमा उल्लेख छ ।
तस्बिर : चीन तर्फ उद्धारमा सक्रिय चीनिया नागरिक, सिन्ह्वा