प्रहरीको पछिल्लो रिपोर्ट : रसुवा बाढीबाट मृत्यु हुने ७ सय ३४,२ हजार ६ सय ९९ को उद्धार
आइतबारसम्ममा रसुवामा ६ सय ७५, नुवाकोटमा २ हजार २० र धादिङ्गबाट ३ जनाको गरिएको छ ।
काठमाडौं, १४ भदौ ।
नेपाल प्रहरीको पछिल्लो रिर्पोटमा रसुवा बाढीबाट मृत्युहुनेहरुको संख्या ७३४ पुगेको छ भने , उद्धार भएकाहरु २ हजार ६ सय ९९ छन् । नेपाल प्रहरीको पछिल्लो रिपोर्ट अनुसार मुलुकभर बुधबारको रसुवा बाढीमा निधन भएकाहरुको शव भेटिने क्रम जारी छ । प्रहरीले शनिबार ४ बजे प्रकाशीत तथ्याङ्गमा मृत भेटिएका शवहरुको संख्या ६ सय ६९ थियो भने आइतबार बिहान ८ बजेको तथ्याङ्गमा संख्या बढेर ७ सय ३४ पुगेको छ। शनिबार साँझको रिपोर्टका आधारमा आइतबार बिहानसम्मा ६५ थप शव भेटिएका छन् ।

प्रहरीको रिपोर्टमा आजसम्म २ हजार ६ सय ९९ को उद्धार गरिएको छ । शनिबार साँझसम्म २ हजार ३ सय १ को उद्धार गरिएको थियो आइतबार बिहानसम्ममा थप ३९८ जनाकोउद्धार भएको छ । ति मध्ये कतिपय घायल अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ ।
प्रहरी रिपोर्ट आइतबार बिहान थप ११ शवसहित आजसम्म चितवनमा २ सय ५९ शव भेटिएका छन् । प्रहरीले अहिलेसम्म नवलपुर पूर्व १८४ र नवलपुर पश्चिममा ८० गोरखामा ५८ धादिङ्गमा ५०, नुवाकोटमा ५२ र तनहुँमा ३७ शव फेला परेका छन् । आइतबा धादिङ्गमा थप १ गोरखामा ४ नवलपुर पूर्वमा ५ नुवाकोटमा ११ चितवनमा ११ नवलपुर पश्चिममा ५ र तनहुँमा थप ७ शव भेटिएका छन् ।
बाढी प्रकोपबीच २५ प्रहरी सम्पर्कविहीन अवस्थामा छन् । उद्धार र खोजविनमा ४ हजार २ सय ९३ प्रहरी परिचालन भएको जनाइएको छ ।

