शनिबार रसुवाबाट १ सय ४ जना र नुवाकोटबाट ७ सय २३ जना गरी ८ सय २७ जनाको उद्धार भएको प्रहरीको पछिल्लो रिपोर्ट छ ।

काठमाडौं, १३ भदौ ।
नेपाल प्रहरीको पछिल्लो रिर्पोटमा रसुवा बाढीबाट मृत्युहुनेहरुको संख्या ६६९ पुगेको छ भने , उद्धार भएकाहरु २ हजार ३ सय १ छन् । नेपाल प्रहरीको पछिल्लो रिपोर्ट अनुसार मुलुकभर बुधबारको रसुवा बाढीमा निधन हुनेको संख्या ६ सय ६९ पुगेको छ । प्रहरीले शनिबार ४ बजे प्रकाशीत तथ्याङ्गमा आजसम्म मृत भेटिएका शवहरुको संख्या ६ सय ६९ छ । शनिबार दिनभर प्राप्त विवरणका आधारमा प्रकाशीत रिपोर्टका आधारमा शनिबार अपराह्न ४ बजेसम्ममा थप १ सय १६ शव भेटिएका छन् ।

प्रहरीको रिपोर्टमा आजसम्म २ हजार ३ सय १ को उद्धार गरिएको छ । शुक्रबारसम्म १ हजार ४ सय ७३ जनाको उद्धार गरिएको रिपोर्टका आधारमा शनिबार थप शनिबार ८ सय २८ जनाको उद्धार भएको छ । ति मध्ये कतिपय घायल अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ ।
प्रहरी रिपोर्ट शनिवार २० शवसहित आजसम्म चितवनमा २ सय ४८ शव भेटिएका छन् । प्रहरीले अहिलेसम्म नवलपुर पूर्व १५८ र नवलपुर पश्चिममा ७५ गोरखामा १५८ धादिङ्गमा ४९, नुवाकोटमा ४१ र तनहुँमा ३१ शव फेला परेका छन् । शुक्रबार र शनिबारको रिपोर्टका आधारमा शनिबार रसुवा र तनहुँमा शव भेटिएका छैनन् । यता शनिबार धादिङ्गमा ९ गोरखामा ७ नवलपुर पूर्वमा २४ नुवाकोटमा ३ चितवनमा २६ नवलपुर पश्चिममा ४७ शव भेटिएका छन् ।

बाढी प्रकोपबीच २७ प्रहरी सम्पर्कविहीन अवस्थामा छन् । उद्धार र खोजविनमा ४ हजार ८ सय ५४ प्रहरी परिचालन भएको जनाइएको छ ।