कांग्रेस इतरपक्ष अधिवेशनको तयारीमा, आफूहरु नै १५ औं महाधिवेशन गर्ने जिम्मेवार रहेको जिकिर
पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति,क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरु गरि सवै तहका अधिवेशन गरिने छ । अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरिने वक्तव्यमा उल्लेख ।
काठमाडौं, १३ भदौ ।
सर्वोच्च अदालतले कांग्रेस इतरपक्ष
सर्वोच्च अदालतको पछिल्लो फैसला पछि कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीको पक्ष १५ औ अधिवशेनको हवाला दिदैं अधिवेशनका कार्यक्रम अगाडि बढाउने भएको छ । इतर समुहका संयोजक डा. शशांक कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दे चाडै १५ औ अधिवेशनको कार्यतालिका प्रकाशीत हुने जनाएका छन् ।
कोइरालाले प्रकाशीत गरेको वक्तव्यमा भनिएको छ ‘चौधौँ महाधिबेशनवाट निर्वाचित हाम्रो बैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिनेछ ।’
कोइरालाले अधिवेशन सम्पन्न गर्न सबै तहको अधिवेशन गर्ने भनेका छन् । कोइरालले भनेका छन् ‘ यसका लागि पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरु गरि सवै तहका अधिवेशन गरिने छ । अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरिनेछ ।’
वक्तव्यमा मुद्धाको किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरि दिएको निवेदनमा सर्वोच्च अदालतवाट रोक्ने आदेश नआए पछि १५ औं महाधिवेशन गर्ने आफूहरुको जिम्मेवारी हो भनिएको छ ।
सर्वोच्च अदालतले भदौ ११ गतेको फैसलामा कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १५ औं अघिवेशन रोक्न सवोंच्चमा गरेको अन्तरिम आदेशको माग अस्वीर गर्दे गगनकुमार थापालाई अधिवेशन गर्ने मार्ग प्रशस्त गरेको थियो । न्यायाधीसहरु नहकुल सुवेदी, महेश शर्मा र मेघरान पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेश गरेको हो ।आगामी अशोज १६ देखि हुने भनिएको कांग्रेसको १५ औं अधिवेशनका कार्यक्रम रोख्ने उदेश्यले देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा अन्तरिम आदेशको माग गर्दे भदौ ८ गते रिट निवेदन गरेको थिए ।
‘अहिले एकातर्फ हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्धा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ भने अर्कातर्फ हाम्रो पार्टीको विधान बमोजिम पदावधी यही मंसिर मसान्त र नेपालको संविधान अनुसार थप छ महिनामा समाप्त हुदैंछ ।’ विज्ञप्तिमा भनिएको छ ‘ सँगसँगै स्थानीय तहको निर्वाचन पनि २०८४ बैशाख अर्थात अवको आठ महिनामा र प्रदेश सभाको निर्वाचन अवको करिव एक वर्षमा हुदैंछ । साथै मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बनिरहेको छ ।’
राष्ट्रियता,सार्वभौमिकता र नागरिक स्वतन्त्रता दिनानुदिन संकुचित हुँदै गएको समस्त नेपालीहरूले महसूस गरिरहेका बताउँदै कोइरालाले भनेका छन् ‘यो विषम अवस्थामा एकतावद्ध भएको सवल सक्षम र सुदृढ कांग्रेस बनाउँनु हामी सबैको कर्तव्य हो ।’
कोइरालाले विशेष अधिवेशनबाट आएको गगनकुमार थापिा नेतृत्वलाई तथाकथित भनेका छन् र त्यसमा सहभागि नहुन अनुरोध गरेका छन् । कोइरालाले भनेका छन् ‘ विशेष महाधिवेशनवाट स्वघोषित कार्यसमितिले गर्ने गराउँने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधीमा सामेल नभई चौधौँ महाधिवेशनवाट निर्वाचित बैधानिक कार्यसमितिले गराउँने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सवै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनीधि, सर्मथक तथा शुभचिन्तक साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।’
वक्तव्यमा नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउँने र हामीले न्याय पाउँने छौ भन्ने गहिरो विश्वास पनि रहेको बताइएको छ ।
‘आवेग, उत्तेजना, गाली गलौच तथा षडयन्त्रका तानाबानाले होईन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौ भन्ने दृढ विस्वास व्यक्त गर्दछु’ कोइरालाले भनेका छन् ।
रसुवा बाढीबारे वक्तव्यमा भनिएको छ ः
साथै गत भाद्र १० गते बुधवारका दिन रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित, कहालिलाग्दो, त्रासदिपूर्ण विनासकारी वाढीवाट हाल सम्म सयौंको ज्यान गएको, हजार्रौ बेपत्ता भएको, सयौं व्यक्ति घाईते भएको र हज्जारौ परिवार विस्तापित भएको पिडादायी अवस्थामा छौ । यस विपद्को घटनाले पु¥याएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरुको खोजी, उद्धार, राहत, सुरक्षित आवास, र उचित क्षतिपूर्ति सहित पुर्नस्थापनाको व्यवस्थाको लागि नेपाल सरकारको गंभिर ध्यानाकर्षण गराउँदै आवश्यक सहयोगका लागि राजनैतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, नीजि क्षेत्र, उद्योगी व्यवसायी प्रतिष्ठान, वित्तिय संघ संस्था एवं मित्र राष्ट्र, अन्र्तराष्ट्रिय समुदाय, अन्र्तराष्ट्रिय दातृ निकायहरूसँग हार्दिक अपील गर्दै विपदको यस कठिन घडिमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका साथीहरूलाई पुनः आव्हान गर्दछु ।

