काठमाडौं, १२ भदौ ।

नेपाल प्रहरीको पछिल्लो रिपोर्ट अनुसार मुलुकभर बुधबारको रसुवा बाढीमा निधन हुनेको संख्या ५ सय ५३ पुगेको छ । प्रहरीले साँझ ७ बजे प्रकाशीत तथ्याङ्गमा मृत भेटिएका शवहरुको संख्या ५ सय ५३ छ । शुक्रबार दिनभर प्राप्त विवरणका आधारमा यो गणना निकालेको देखिन्छ । आज बिहान ७ बजेको रिपोर्टमा ४६९को शव भेटिएको उल्लेख थियो । आज दिनभर थप ८४ जना मृत अवस्थामा भेटिएका छन् । यसरी मृत्य भेटिएकाहरुमा एक जना प्रहरी पनि छन् ।
प्रहरीको रिपोर्टमा आज १ हजार ४ सय ७३ जनाको उद्धार गरिएको छ । ति मध्ये कतिपय घायल अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । प्रहरी रिपोर्ट अनुसार सबै भन्दा धेरै २२८ शव चितवनमा भेटिएका छन् । नवलपुर्व पूर्वमा १३४ नवलपुर पश्चिममा २८ गोरखामा ४७, धादिङ्गमा ४०, नुवाकोटमा २८ र तनहुँमा ३१ शव फेला परेका छन् ।
बाढी प्रकोपबीच २७ प्रहरी सम्पर्कविहीन अवस्थामा छन् ।
उद्धार र खोजविनमा ४ हजार ४ सय ८९ प्रहरी परिचालन भएको जनाइएको छ ।