ड्रोन भिडियोले औंल्यायो श्रृङखलावद्ध विपदको अवस्था, निरन्तर निगरानीको आवश्यकता
विशाल हिमनदी(ग्लेसियर)को मुख विस्टोट भएपछिको अहिलेको अवस्थाबारे ड्रोनबाट लिएको भिडियो ।
काठमाडौं, ११ भदौ ।
चीनमा अध्ययनको क्रममा रहेका भूगर्भविद बसन्तराज अधिकारीले पछिल्लो ड्रोन भिडियोले खिचेका तस्बिरले खतरा अझै टरिनसकेको संकेत गरेका छन् । अधिकारीले अपराह्न करिव ३ बजे लेखेका छन् ‘ स्रोत क्षेत्रबाट प्राप्त पछिल्लो ड्रोन भिडियोले जोखिम अझै टरिनसकेको संकेत गरेको छ। लेहेन्दे खोलाको माथिल्लो क्षेत्रमा भइरहेको बरफ, हिउँ र चट्टानको एभालान्च (पहिरो) का कारण अझै पनि पानी जम्मा हुने प्रक्रिया जारी रहेको देखिन्छ। यसले थप श्रृंखलाबद्ध विपद् (cascading hazards)को सम्भावनालाई उजागर गर्दछ।’
अधिकारीले जोखिमयुक्त क्षेत्रमा प्रवेश गर्नुअघि श्रोतश्रेत्रको निगरानी र मूल्याङ्गकन गर्नु सुझाएका छन् । अधिकारीले भनेका छन् ‘ उद्धार तथा राहत कार्य सञ्चालन गर्दा अत्यन्तै सावधानी अपनाउन आवश्यक छ। उद्धारकर्मी र प्रभावित समुदायको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै, जोखिमयुक्त क्षेत्रमा प्रवेश गर्नुअघि स्रोत क्षेत्रको निरन्तर निगरानी र मूल्याङ्कन गर्नुपर्छ ।’
विशाल हिमनदी(ग्लेसियर)को मुख विस्टोट भएपछिको अहिलेको अवस्थाबारे ड्रोनबाट लिएको भिडियो ।
https://www.facebook.com/reel/1853673532067732

