हिम, बरफ, चट्टान र माटोको ठूलो मिश्रण तलतर्फ बग्दै नेपाल र चीनको सिमाना नदीको उपत्यकामा पुगेको देखिन्छ ।

काठमाडौं, ११ भदौ ।
भूगर्भविदहरुले बुधबार नेपाल चीन सीमा क्षेत्रमा भएको विनाशकारी हिमपहिरोबारे सेटेलाईट तस्बिरहरुले विशाल हिमनदी (ग्लेसियर)को मुख भत्किएको जानकारीसहितको पोष्ट गरेका छन् ।
हाल चीनमै रहेका भूगर्भविद बसन्तराज अधिकारीले फेसबुकमा लेखेका छन् ‘ एकदमै उपयुक्त समयमा प्राप्त गरिएको Landsat उपग्रह तस्बिरले हिजो नेपाल–चीन सीमा क्षेत्रमा भएको विनाशकारी हिमपहिरोको प्रभावलाई घटनाको केही घण्टामै स्पष्ट रूपमा कैद गरेको छ। उक्त तस्बिरहरूले पहिरो उत्पन्न गराउने मुख्य कारणका रूपमा रहेको विशाल हिमनदी (ग्लेसियर) को मुख भत्किएको स्पस्ट रूपमा देखाएका छन् ।’
अर्का भूगर्भविद रञ्जनकुमार दाहाले रसुवा बाढी अपडेड भन्दै चीनिया साथीहरुबाट प्राप्त सेटेलाइट तस्बिरहरुबाट केही तथ्य बाहिर आएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘ जनवरी २०२६ को स्याटेलाइट तस्बिर र अगस्ट २६, २०२६ पछि लिइएको स्याटेलाइट तस्बिर बीचको तुलनाले ठूलो हिमनदीय उभार संगै नेपालको लाङटाङ हिमालको पछाडी विशाल चट्टानी पहिरो गएको देखाउँछ ।’


दाहालले लेखेका छन् ‘हिम, बरफ, चट्टान र माटोको ठूलो मिश्रण तलतर्फ बग्दै नेपाल र चीनको सिमाना नदीको उपत्यकामा पुगेको देखिन्छ ।’

तस्बिर : कभरमा बसन्तराज अधिकारी, न्यूजमा रञ्जनकुमार दाहाल