युस जियोलोजिकल सर्भेले हिमपहाड बजारिँदा कम्पन आएको हो, भूकम्प होइन भनेको छ ।

काठमाडौं, ११ भदौ ।

बाक्लो हिउँसहितको पहाड ५ हजार मीटर माथिबाट पानी, हिउँ र चट्टानसहित तल खसेपछि भिषण बाढी आएको भूवैज्ञानिकहरुले अनुमान गरेका छन् । बुधबार नेपाल तिब्बत सीमा नजिकबाट लेन्द्रे खोलाबाट आएको बाढी जुन त्रिशुलीमा मिसिएपछि त्यसले भयानक विनास निम्त्याएको सेटेलाइट तस्बिरको अध्ययन गर्ने भूवैज्ञानिकहरुको भनाई उल्लेख गर्दे समाचार प्रकाशीत भएका छन् ।
विनासकारी बाढीको कसरी उत्पत्ति भयो भन्नेबारे विश्वभरका भूवैज्ञानिकहरुले अनुसन्धानरत गरिरहेका छन् ।

यसैबीच, न्यूयोर्कटाइम्समा क्यानडाका भूगर्भविद डयानियल सुगरले करिव ५ हजार २ सय मीटर ( १७००० फिट) माथिबाट ६२ मीटर (२०० फिट) बाक्लो हिमपहाड पानी, हिउँ र चट्टानसहित तल १ हजार २ सय मीटर ( ४००० फिट) मा बजारिएको बताएका छन् । त्यसबेला ठूलो बम पड्किएको जस्तो आवाज आएको उनको भनाई छ । यस्ता घटनालाई भौगर्भिक भाषामा आइसएभालन्च भनिन्छ ।

समाचारमा बाक्लो हिमपहिरोकै कारण त्यस क्षेत्रमा ४ दशम ४ म्याग्निच्युडको कम्पन्न भएको बताइएको छ । कुनै भूतहबाट आएको भूकम्प नभएर हिम पहिरोबाट सृजित कम्पन भएको अमेरिकाको युस जियोलोजिकल सोसाइटीले जनाएको छ । हिमपहाड माथिबाट खसेपछि हिउँ ससाना टुक्रामा विभाजित भएको, त्यसले चट्टानका टुक्रा ग्रेगान समेत तल नदीमा ल्याएको हुनसक्ने उनीहरुको भनाई छ ।न्यूयोर्क टाइम्समा भूवैज्ञानिकहरुले बाढीमा देखिएको पानीको अथाह मात्राका पछाडि हिम पहिरोसँगै अन्य कारण हुनसक्ने अनुमान गरेका छन् । उनीहरुले अरु ‘दैत्य’ पनि हुनसक्छ भनेका छन् ।सन् २०२१ भारतको उत्तराखण्डमा आएको हिमालय ग्यासियर बिस्फोट जस्तो प्रकोप नेपालमा घटेको भूवैज्ञानिकहरुको प्रारम्भिक विश्लेषण छ ।
तस्बिर :  न्यूयोर्कटाइम्सबाट साभार ।