काठमाडौं, १० भदौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल(चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब २०किलोमिटर उत्तरपूर्व नेपाल(चीन सीमामा गएको चट्टानसहितको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको जानकारी दिएका छन्।
“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल (चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ । त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ’ कार्यकारी प्रमुख डा उप्रेतीले भने।

Lanet Labs को स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल(चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल(चीन सिमानामा गएको हिम(चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ।

भिडियोमा  हिमचट्टान पहिरो तथा ल्हेन्दे खोलामा आएको बाढीको हिजो मिति २०८३ भदौ ९ गते र आज २०८३ भदौ १० गतेका स्याटेलाइट तस्बिरहरु : https://www.facebook.com/reel/1806247774016337

मुख्य तस्बिर : रञ्जन दाहालको फेसबुकबाट प्राप्त दुई फोटा मर्ज गरिएको ।