तिब्वततर्फका तीनवटा हिमताल विस्फोट भएको हुनसक्छ : भूगर्भविद रञ्जन दाहाल
केरुङ्ग सीमानाबाट उत्तरतर्फ लुन्द्रे खोला हुँदै ३५, ४० किलोमीटर उत्तरमा तीनवटा हिमताल दुई दिन देखी चुहँदै गरेका दृश्य देखिएको आधारमा ती विस्फोट भएको हुनसक्ने ।
काठमाडौं, १० भदौं ।
त्रिशुलीमा आएको भिषण बाढीको उत्पत्ती नेपाल चीन सीमाना केरुङ्ग भन्दा करिव ३५, ४० किलोमीटर उत्तर तीब्बतमा रहेका तीनवटै हिमतालहरु विस्टोट भएको हुनसक्ने भूगर्भविद रञ्जनकुमार दाहालको अनुमान छ ।
केरुङ्ग सीमानाबाट उत्तरतर्फलुन्द्रे खोला हुँदै ३५, ४० किलोमीटर उत्तरमा तीनवटा हिमताल दुई दिन देखी चुहँदै गरेका दृश्य देखिएको आधारमा ती विस्फोट भएको हुनसक्ने दाहालले बताए ।

के भएको हो यकिन भन्न समय लाग्ने उनको भनाई छ । मौसम सफा भयो, राम्रोसँग त्यो क्षेत्र देखिन सकियो भने ३, ४ दिनमा वा त्यो भन्दा बढी समयमा थाहा हुनसक्ने दाहाल बताउँछन् । चीनियाँ प्राज्ञहरुसँग एकिन पत्ता लगाउन आफूले समन्वय गरिरहेको दाहालको भनाई छ ।
‘तीनवटै फुटेको हुनुपर्दछ, दूई दिनदेखि रसाइरहेका थिए, होइन भने त्यत्रो समुन्द जस्तो पानी कहाँबाट आयो ? दाहालले भने ‘ घरको छत भन्दा अग्लो भएर बाढी आएको छ, त्यत्रो समुन्द्र जस्तोरुप त्यत्तिकै हुँदैन ।’

