काठमाडौं १० भदौं ।
भोटेकोशीमा आएको विषण बाढीले कति मानवीय र भौतिक क्षती गर्यो त्यसको लेखो छैन । एक्कासी बुधबार बिहान ८ बजेको हाराहारीमा आएको बाढी के भएर आएको हो त्यसको एकिन कारण थाहा हुन सकेको छैन । चिनिया प्राविधिकहरुले हिम  पहिरो गएको, पहिरोले भोटेकोशी थुनिएर बनेको अस्थाई बाँध फूटेपछि नेपालमा बाढी आएको हुनसक्ने अनुमान गरेका छन् ।
भूगर्भविद बसन्तराज अधिकारीले आफ्नो फेसबुकमा ‘ यो हिम पहिरोले खोला थुनिएर बनेको ड्याम फूटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान … ।’ अध्ययनको सिलसिलामा चीनमै रहेका अधिकारीले गोरखापत्रसँगको कुराकानीमा उनले बाढीको वास्तविक कारण पत्ता लगाउन विज्ञहरू स्याटलाइट तस्बिरहरूको खोजी तथा मिलानमा सक्रिय छन्। अधिकारीले प्रभावित क्षेत्रको जमिनको अवस्थासम्बन्धी तस्बिर प्राप्त गर्ने प्रयास भइरहेको बताएका छन् ।

“ठ्याक्कै ग्राउन्डको तस्बिर निकाल्न कसरत भइरहेको छ। यकिन तस्बिर प्राप्त हुन नसक्दा बाढीको पक्का कारण थाहा हुन सकेको छैन,” अधिकारीले भने ।

भूगर्भविद रञ्जनकुमार दाहालले तिन चीनीया दैत्यरुपी हिमतालबाट दुई दिन देखि पानी ओभर भएको देखिन्छ भन्दै सेटेलाइट तस्बिर सहित फेसबुकमा भनेका छन् यि तिनवटै हिमताल फूटेको र हिम पहिरो पनिसँगै आएको पहिलो अनुमान । के भएको को हो ? कति दिन यसरी अन्दाज गर्नुपर्ने हो थाहा छैन । चीनीयाँले सहि कुरा कहिले भन्लान ?

बिहान करिव ८ बजे त्रिुशुलीको बेत्रावती आइपुगेको बाढीले कति मानवीय र भौतिक क्षती भएको छ त्यसको अनुमान हुन सकेको छैन । बाढीबाट मृत्यु भएका ७ जनाको शव भेटिएको छ । बाढीबाट ९ सशस्त्र प्रहरी, ३२ प्रहरी सम्पर्क विहीन छन् । त्यस्तै, नेपाल टुरिज्म बोर्डले ट्राभल एजेन्सीहरुबाट संकलन गरेको तथ्याङ्कको आधारमा २१९ विदेशी र ९३ नेपाली सम्पर्क विहीन छन् । बाढीले रसुवा, नुवाकोट,धादिङ्गको त्रिशुली तटिय क्षेत्रममा व्यापक क्षती पु¥याएको छ ।
तस्बिर : अधिकारीको फेसबुकबाट ।