चन्द्र नहर विश्व सम्पदा सूचिमा समावेश गर्ने उर्जा मन्त्रीको उद्घोष
काठमाडौं, ८ भदौ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले नेपालको सबै भन्दा पुरानो नहर चन्द्र नहर सिंचाई प्रणालीलाई अन्तर्राष्ट्रिय सिंचाइ तथा जलनिकास आयोग (ICID) को World Heritage Irrigation Structures सूचीमा समावेश गर्न लागि परेको बताएका छन् ।
चन्द्र नहरको मुहानको निरीक्षण गर्दे श्रेष्ठले यस्तो उद्घोष गरेका छन् । सामाजिक संजालमा श्रेष्ठले भनेका छन् ‘चन्द्र नहरलाई सूचिमा सिफारिस गर्ने विषयमा मन्त्रालय गम्भीरतापूर्वक अघि बढिरहेको छ।’

मधेश प्रदेशको सम्पदा नहर भन्दै श्रेष्ठले नेपालको पहिलो आधुनिक सिचाई प्रणाली भनेका छन् । श्रेष्ठले भनेका छन् ‘चन्द्र नहर ( नेपालको पहिलो आधुनिक सिंचाइ प्रणाली।चन्द्र शमशेरको पालामा वि।सं। १९७९ मा निर्माण सुरु भई १९८४ मा सम्पन्न भएको यो नहर आज ९९ वर्ष पुगेको छ। आगामी वर्ष यसले शतवार्षिकी मनाउँदैछ।’
त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका १०,५०० हेक्टर खेतमा आज पनि यस नहरले सिँचाइ सुविधा पुर्याइरहेको चर्चा गर्दे श्रेष्ठले भनेका छन् ‘एक शताब्दीअघि हाम्रा पुर्खाले निर्माण गरेको संरचनाले आज पनि किसानका खेतमा पानी पुर्याइरहेको छ , यो सामान्य कुरा होइन।’
उनले यस्तो ऐतिहासिक महत्व बोकेको सिँचाइ प्रणालीलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग ९क्ष्ऋक्ष्म्० को ध्यचमि ज्भचष्तबनभ क्ष्चचष्नबतष्यल क्तचगअतगचभक सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा मन्त्रालय गम्भीरतापूर्वक अघि बढिरहेको बताए ।
‘हाम्रो सिँचाइको इतिहास पुरानो छ। त्यसलाई संरक्षण गर्ने, यसको गौरवलाई विश्वसामु चिनाउने र आवश्यकताअनुसार आधुनिक बनाउने जिम्मेवारी हाम्रो हो’ श्रेष्ठले भने ।

