वैचारिक नेता प्रदीप गिरीको स्मृतिमा प्रदीप गिरी फेलोसिप घोषणा गरिएको छ । विचार, अध्ययन र अनुसन्धान अन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिने कांग्रेस सभापति गगनथापाले एक कार्यक्रमकाबीच घोषणा गरे ।

काठमाडौं ६ भदौ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिर अगाडि सम्पन्न नगरेमा कांग्रेसको वैधानिकतामा प्रश्न उठनसक्ने बताएका छन् । नेपालको राजनीतिको पछिल्लो कालखण्डमा वैचारिक नेता भनेर परिचय कमाएका प्रदीप गिरिको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा शर्माले मङ्सिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार कांग्रेससँग नभएको बताए ।


कांग्रेसको बैधानिकतालाई लिएर न्यायालयको ढोका गएका कांग्रेसजनबारे शर्माले भने ‘ न्यायालय जाने विषयलाई निरुत्साहीत गर्न मिल्दैन, तर अदालतको ढोकामा होइन, अग्रहहरुलाई हृदयदेखिनै पार्टीको ढोकामा स्वागत गर्न तयार छौं ।’
शर्माले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार आगामी मंसिर भन्दा पछाडि जाने वैधानिक आधार नरहेको बताउँदै अदालतले पार्टीको विधान, संविधान र राजनीतिक दलको विधान समेत हेरेर आफ्नो फैसला दिने धारणा राखे ।

शर्माका अनुसार संविधानको धारा २६९ को उपधारा ४ ले राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा थप छ महिना समय लिन सकिने भए पनि त्यससम्बन्धी व्यवस्था राजनीतिक दलको विधानमै  उल्लेख हुनुपर्ने बताए । संविधान अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ ले पनि यही व्यवस्थालाई व्याख्या गरेको तर नेपाली कांग्रेसको विधानमा संविधानले तोकेको थप ६ महिनाको व्यवस्था नरहेको उनको भनाई छ ।
शर्माले भने ‘बीपी कोइराला, प्रदीप गिरी र सीके प्रसाईंले स्थापित गरेको विचार र राजनीतिक विरासतलाई पछिल्लो पुस्ताले अघि बढाउदै कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता छ ।’
शनिबार काग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रदीय गिरीको चौथौ स्मृति दिवशको अवसर पारेर ग्रिन कांग्रेस, प्रदीप गिरी इन्सिच्यूट, युथ कांग्रेसले वैचारिक कार्यक्रम ‘ विश्वास बिथोलिएको समाजः प्रदीप गिरी र सत्योत्तर गणतन्त्र’ शीर्षकमा बहस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा डा. जीवन क्षेत्री,अध्येता अनुभव अजित, आइटि विज्ञ दोभाई राईले वर्तमान समाजमा देखिएका चुनौतीबारे विर्मश गरेका थिए । कार्यक्रम यशस्वी राईले सचालन गरेकी थिइन ।


प्रदीप गिरीका भाई शेखर गिरी, पत्रकार रेवती रमण सुबेदी, मन्दिप भारतीले गिरीका बारे आआफ्ना अनुभवहरु बताएका थिए । प्रदीप गिरिको २०७९ भदौ. ४ गते निधन भएको हो ।
कार्यक्रमबीच नेपाली कांग्रेसले प्रदीप गिरी फेलोसिप र निबन्ध पुरस्कारको घोषणा गरेको छ । पार्टी सभापति गगनुकमार थापाले
स्व.प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरे। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा थापाले घोषणा गरेका हुन् ।कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान, प्रदीप गिरी इन्स्टिच्युटको संयुक्तरुपमा कार्यक्रम आयोजना गरिएको हो। सभापति थापाले गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिने बताए।
प्रदीप गिरी फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई पाटोमा विभाजन गरिएको उनले बताए । पहिलोमा विचार, अध्ययन र अनुसन्धान अन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिने थापाले घोषणा गरे । नेपाली राजनीति, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि फेलोसिप उपलब्ध हुनेछ।
फेलोसिपबारे गिरीको जन्मोत्सव कात्तिक २४ गते सूचना प्रकाशीत हुने बताउँदै थापाले पार्टीको कुनै पनि पदाधिकारी, सदस्यहरु निर्णायक समितिमा नरहने, बेग्लै विशेषज्ञ सम्मितिले समितिले फेलोसिपबारे निर्णय गर्ने जानकारी दिए ।