रास्वपा केन्द्रीय समितिमा सदस्यहरु, पदाधिकारीहरु मनोनीत, पार्टीले इ पत्रिका प्रकाशन गर्ने, मधेशमा संगठन अडिट गर्ने
मधेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नु पूर्व संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरु रहने ।
काठमाडौं, ५ भदौ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुप्रक्षित केन्द्रीय समिति बैंठकले केन्द्रीय समितिमा मनोनयन, पदाधिकारीहरुको चयन, विभागित जिम्मेवारी लगायत स्थानीय निर्वाचनसँग सम्बन्धित विषयमा निर्णय गरेको छ । पार्टीका महामन्त्री विपिन आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा विभिन्न विषयमा भएका निर्णयहरु सार्वजनिक गरिएको छ ।
महामन्त्रीको स्थानीष् निर्वाचन सम्बन्धमा, राइट टु रिकल र मनोनयन सम्बन्धमा केन्द्रीय समिति निर्णय प्रकाशीत गरेका छन् ।
विज्ञप्तिमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पूरुषोतम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, डा। भक्त बहादुर राई समेत ९ जना केन्द्रीय सदस्यमा मनोनित भएको जनाइएको छ ।
त्यस्ते पदाधिकारीहरुमा सह महामन्त्रीमा पुरुषोतम सुप्रभात यादव, कोषाध्यक्षमा डा.मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा–जगदीश खरेल (ललितपुर), सहप्रवक्ता – डा.नमिता यादव, सहप्रवक्तामा सुरेन्द्र चौधरी मनोनित भएको छ ।
पार्टी सचिवालय सदस्यहरुमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोतम सुप्रभात यादव, डा.मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल (ललितपुर), लिमा अधिकारी आचार्य, दिपकराज बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा मनोनयमा परेका छन् ।
पार्टी केन्द्रीय विभागहरु मध्ये संगठन विभाग प्रमुखमा श्री प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जन गुनासो व्यस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्य र प्रशिक्षण विभाग उप प्रमुखमा कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
स्थानीय निर्वाचन सम्बन्धमा केन्द्रीय समितिले गरेका निर्णय :
(क) स्थानीय निर्वाचनका लागि विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा २०८३ लाई केन्द्रीय समिति बैठकमा आएका सुझावलाई समेत समेटेर अनुमोदन गर्ने।
(ख) स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरुबाट नामावली माग गर्ने ।
२. राइट टु रिकल सम्बन्धमा ।
राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति समिति गठन गर्ने।
केन्द्रिय समितिले योजना, कार्यक्रम तथा अभियान सम्बन्धी निर्णयहरु गरेको छ । विज्ञप्तिमा भनिएको छ ः
(क) केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरुलाई ४६० गाउँपालिकामा स्थानीय निर्वाचन उम्मेदवार छनोट रुपरेखा लगायतका विषयहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालित गर्ने । सोको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्ने ।
(ख)असोज महिनादेखि स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने।
(ग) मधेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नु पूर्व संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरु रहने ।

