जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समययता यसबाट हुने पानीजहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन् । इरानले प्रस्तावित मार्गको भौगोलिक अवस्थिति (कोअर्डिनेट) बारे दुवै पक्षबीच सहमति भएको जनाएको छ ।

वासिङ्टन,३ भदौ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज ’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङकेत गरेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा मंगलबार उक्त नक्सा पोस्ट गर्नुभएको हो । ‘स्ट्रेट अफ होर्मुज ’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।

इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्टे«ट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो ।

ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ होर्मुज ’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गरेका थिए । उनले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका थिए । इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो ।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहो¥याउँदै ‘स्टेट अफ होर्मुज’ माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताएका थिए ।

विदेश नीतिमा विवादास्पद कदम चाल्दै आएका ट्रम्पले यसअघि पनि विदेशी भू–भागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सारेका थिए । सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उनले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गरेका थिइ । यद्यपि, तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन ।

फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु हुनुअघि ‘स्टेट अफ होर्मुज’ खुला अन्तरराष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो ।

इरानले भने अमेरिका र इरानबीचको वार्ता तथा जलमार्ग पुनः खोल्नुअघि आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ । ती मागमा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, तेलसम्बन्धी प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने विषय समावेश छन् ।

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ

अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले जनाएको छ । कतार अमेरिका–इरान वार्तामा प्रमुख मध्यस्थकर्तामध्ये एक हो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरानबीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो ।
जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समययता यसबाट हुने पानीजहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन् । इरानले प्रस्तावित मार्गको भौगोलिक अवस्थिति (कोअर्डिनेट) बारे दुवै पक्षबीच सहमति भएको जनाएको छ ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले पत्रकारसँग भने “हामी ओमान र इरानबीच जलसन्धिबारे हुने सम्झौताको प्रतीक्षामा छौँ, जसले हामीलाई वार्ता प्रक्रियामा फर्किन सक्षम बनाउनेछ ।”

उनले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताए ।
यसअघि जुनमा दुई देशबीच भएको समझदारीपत्र (एमओयू)जलसन्धि व्यवस्थापनसम्बन्धी विषयमा सहमति हुन नसकेपछि कार्यान्वयनमा आउन सकेको थिएन ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेरी घलिबाफले मङ्गलबार अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेलगायत तेहरानका माग पूरा नगरेसम्म रणनीतिक जलमार्ग पुनः नखोलिने बताएका छन् ।

सोमबार इरानले वार्ता ‘गम्भीर ढङ्गले अघि बढिरहेको’ र संयुक्त वक्तव्यको मस्यौदाबारे विचार आदानप्रदान भइरहेको जनाएको थियो ।

इरानले हाल पानीजहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अमेरिका र यस क्षेत्रका अन्य केही देशले उक्त व्यवस्थाको विरोध गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिबारे इरानसँग हुने सम्झौतामा ओमानले अवरोध खडा गरेमा कारबाही गर्ने चेतावनी दिएका छन । उनले तेहरानलाई युद्ध अन्त्य गर्न आत्मसमर्पण गर्नसमेत आह्वान गर्दै आएका छन् ।

Photo: BBC