नेपालको ऊर्जा क्षेत्र अब केवल विद्युत् उत्पादनमा मात्र होइन, आवश्यक पूर्वाधार र सामग्री निर्माणमा पनि आत्मनिर्भर बन्दै अघि बढिरहेको छ।

काठमाडौं, २० साउन ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रि विराजभक्त श्रेष्ठले मुलुक उर्जा पूर्वाधारमा आत्मनिर्भरतातर्फ अगाडि बढेको बताएका छन् । सामाजिक संजालमा विद्युतिय पोल उत्पादनमा नेपाल अगाढि बढिरहेको विवरण राख्दै उनले यसो भनेका हुन् ।
सामाजिक संजालमा श्रेष्ठले भनेका छन् ‘अमलेखगञ्जमा सञ्चालनमा आएको नयाँ PSC Pole Plant ले अब नेपालमै गुणस्तरीय विद्युत् पोल उत्पादन गर्न थालेको छ।’


सार्वजनिक गरिएको विवरण अनुसार दैनिक ९ मिटरका ४० वटा, ११ मिटरका २४ वटा Pole पोल उत्पादन भइरहेको छ। आज १३ मिटर Pole पोलको नमुना परीक्षणका लागि पहिलो कास्टिङ पनि सम्पन्न भएको छ, जसले आगामी दिनमा अझ ठूलो क्षमताका पोलसमेत स्वदेशमै उत्पादन हुने आधार तयार गरेको छ।’
श्रेष्ठले मुलुकमै उत्पादन हुँदा निकै वचत हुने तथ्य राखेका छन् । करिब ४० हजार पर्ने एउटा १३ मिटर पोल करिब २६,७०० मै उत्पादन गर्न सकिने सामाजिक संजालमा उल्लेख छ । विद्युत् पूर्वाधार निर्माणको लागत उल्लेखनीय रूपमा घटाउनेछ र सार्वजनिक स्रोतको अझ प्रभावकारी उपयोग सुनिश्चित गर्नेछ।
‘यो केवल एउटा पोल उत्पादन गर्ने उद्योग होइन ? यो स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आयातमा निर्भरता घटाउने र आत्मनिर्भर नेपालको ऊर्जा यात्रातर्फको महत्वपूर्ण कदम हो’ श्रेष्ठले भन्छन् ‘नेपालको ऊर्जा क्षेत्र अब केवल विद्युत् उत्पादनमा मात्र होइन, आवश्यक पूर्वाधार र सामग्री निर्माणमा पनि आत्मनिर्भर बन्दै अघि बढिरहेको छ।’